काठमाडौं,आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकोल ती स्थानमा हुन सक्ने सम्भावित जोखिमबाट जोगिन सचेत अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ।