spot_img

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल ५० हजार धरौटीमा रिहा

spot_img

काठमाडौँ,  निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छाडेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहसपछि अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन मुख्यसचिव अर्यालसँग आइतबार ५० हजार धरौटी मागेको हो । धरौटी बुझाएर अर्याल आइतबार नै रिहा भएका हुन् ।

मदिरामा टाँस्ने अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि अर्यालसहितका कर्मचारीहरू निलम्बनमा परेका थिए । निलम्बनपछि सरकारले अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी जगेडामा राखेको थियो । उनी जगेडामा पुगेसँगै निमित्त र कामु हुँदै मुख्यसचिवमा लीलादेवी गड्तौलालाई सरकारले बढुवा गरिसकेको छ ।

स्टिकर प्रकरणमा अख्तियारले मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्र पौडेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ तथा स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई प्रतिवादी बनाई ३८ करोड ६७ लाख बिगो कायम गरी मुद्दा दायर गरेको थियो । स्टिकर छपाइको ठेक्का विवादित हुँदा अर्याल सञ्चार सचिव थिए ।

ठेक्का लगाएपछि भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपैयाँ पनि प्रतिवादीबाट असुलउपर गर्न अख्तियारले मागदाबी लिएको थियो । तर, प्रतिवादी बनाइएका तत्कालीन मुख्यसचिव अर्याललाई अदालतले भने ५० हजार धरौटी मात्रै मागेको हो । यही कसुरमा अदालतले निलम्बित सहसचिव शाक्य र सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पौडेलसँग जनही १ लाख, टंक पाण्डेसँग ७५ हजार, परामर्शदाता शक्ति श्रेष्ठसँग ५० हजार धरौटी मागेको थियो भने गणेशविक्रम शाही र रवीन्द्र पौडेल साधारण तारिखमा रिहा भइसकेका छन् ।

बाँकी ४ जना भने अदालतमा हाजिर भएका छैनन् । विकल यसअघि नै भ्रष्टाचार मुद्दामै विशेष अदालतबाट दोषी ठहर भएर कारागारमा रहेका र बाँकी धरौटी बुझाएर छुटेको अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img