spot_img

कर्णालीमा कांग्रेसले पठायो ४ जना मन्त्रीको नाम

spot_img

सुर्खेत, नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ ।कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीको नाम दिएका हुन् ।प्रमुख सचेतक विष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।

‘हामीले दलको तर्फबाट भरखरै मुख्यमन्त्रीज्यूलाई नाम पठाएका छौं, प्रमुख सचेतक विष्टले  भने ।केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो ।आठ सदस्यीय प्रदेश मन्त्रीपरिषदमा एमालेबाट एक मुख्यमन्त्री तथा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img