spot_img

आज यी स्थानमा मुसलधारे वर्षा सम्भावना

spot_img

काठमाडौं, आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले देशका अन्य भागमा पनि सामान्य वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ।

अहिले बिहान देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले उल्लेख गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना भएका स्थानका मानिसलाई सम्भावित संकटबाट बच्न विभागले अनुरोध गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img