काठमाडौं,नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।
उक्त मूल्य हालसम्मकै उच्च हो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला १७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।