spot_img

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

spot_img

काठमाडौं,  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

काठमाडाैँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको नाइन–एन एजेडी कल साइनको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले  दिएको जानकारीअनुसार काठमाडाैँबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img