spot_img

बाग्लुङ पहिरो ३ जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेन

spot_img

बागलुङ, बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा अस्ति मङ्गलवार बिहान खसेको पहिरोमा परेका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन ।

पहिरोमा परेका सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षीय सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । यसअघि यही पहिरोमा परेका ६ जनाको शव निकालिएको थियो ।

बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले पहिरोमा परी घाइते भएका अरू तीन जनाको काठमाण्डौको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जानकारी दिनुभयो ।

यसैबीच सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img