spot_img

६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

spot_img

प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुटकेसभित्र लुकाइछिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

गोंगबु र नरेफाँटबाट लागुऔषधसहित चार पक्राउ

यसैबीच, प्रहरीले काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद ४० हजार रुपैयाँ र तीन थान मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ । सप्तरी राजविराज नगरपालिका– ९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका– ७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ।

काठमाडौंको नरेफाँटबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका– ६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका– ५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरूको डेराबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img