अलपत्र नागरिकहरुका लागि मुडकेचुला गाउँपालिकाको राहत प्याकेज घोषणा
अध्यक्ष शाहीले भने ढिला हुन गएको क्षामा चाहान्छु
डोल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर अलपत्र परेका बिध्यार्थी ,बिरामी र कामदारहरुका लागि बिशेष राहतको प्याकेज घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नागरीकहरुका लागि बिशेष राहतको प्याकेज घोषणा गरेको हो । काम बिशेष या मजबुरी गर्न पढन,वा बिरामी भएर बाहिर रहेर लकडाउनको बेला अलपत्र परेकाहरुलाई बिशेष राहत प्याकेज घोषणा गरेको गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।
कुसेन्युजसंगक कुरकानी गर्दै अध्यक्ष शाहीले भने कोभिड १९ को महामारीको बेला जो कोहि गाउँपालिकाका नागरीक अलपत्र पर्नु भएको छ भने हामी उद्धार गर्न तत्पर छौँ । अध्यक्ष शाहीले प्रति ब्यक्ति ३ हजारको दरले रकम उपलब्ध गराउने समेत बताए ।
उनले भने गाउँपालिकाले बिशेष राहतको प्याकेज समेत घोषण गरेको छ कोहि नागरिक अप्ठयारोमा नपरोस भन्ने हाम्रो चाहाना हो । अध्यक्ष शाहीले अलपत्र परेकाहरूलाइ तिन दिनभित्र सम्पर्क सम्पर्क गर्न अनुरोध समेत गरेका छन । उनले भने गाउँपलिकाका सबै नागरिकलाइ ३ दिन भित्र सम्पर्क गर्न हुन बिनम्र अनुरोध गर्दछु । विभिन्न परस्थितिका कारण ढिला हुन गएकोमा क्षमा दिनुहुने छ भन्नेमा बिस्वस्त छु।
राहतका लागि नागरिकताको प्रतिलिपी वा परिचय पत्रको प्रतिलिपी र खाता नं सहित निबेदन यस गाउपालिकाको मेल आइडी न ito.mudkechulamun@gmail.com मा मेल गर्ने वा सम्पर्क ९९४८७०१३२ कार्यलय समयमा ९९४८७०१३३ नं मा कल गर्न अनुरोध समेत गरिएको छ । त्यस्तै अध्यक्ष शाहीले सामाजिक सञ्जालमा स्टाटस मार्फत ढिला हुन गएकोमा क्षामा समेत मागेका छन ।