spot_img

माओवादी स्थायी कमिटीमा आजबाट एजेन्डामाथि छलफल

spot_img

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रस्तुत एजेन्डामाथि शनिबारबाट छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति, पार्टी निर्माण र आगामी कार्यभार तथा विविध एजेन्डामाथि छलफल हुन लागेको हो ।

स्थायी समिति बैठकअघि बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरेको थियो । लामो समयपछि प्रतिपक्ष भूमिकामा पुगेको माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाबारे बैठकबाट निर्णय गर्ने तयारी छ । यसअघि पाँच दिनअघि पदाधिकारी बैठक बसेको थियो । स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर जनपरिचालनसहित जनतामा जाने गरी माओवादी केन्द्रले योजना बनाइरहेको छ ।

अघिल्लो सरकारको भ्रष्टाचारविरोधी काम अवरुद्ध गर्न खोजियो
अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिका विषयमा ब्रिफिङ गरेका छन् । उनले एमाले–कांग्रेस समीकरणबाट बनेको केपी ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले अगाडि बढाइरहेको सुशासन र भ्रष्टाचारविरोधी काम रोक्न खोजेको बताए । ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनुको सट्टा राम्रा काममा पनि अवरोध सिर्जना गर्ने काम भइरहेको छ,’ अध्यक्ष प्रचण्डको भनाइ सञ्चारकर्मीलाई जानकारी गराउँदै उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

अध्यक्ष प्रचण्डले सरकारले भ्रष्टाचार र सुशासनको पक्षमा कदम चालेकै कारण दलाल पुँजीपतिहरू छटपटाएको र उनीहरूसमेतको संलग्नतामा सरकार ढालेर रातारात कांग्रेस र एमालेको समीकरण बनाइएको बताएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img