spot_img

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ५० हजार रुपैयाँ नाघ्यो

spot_img

काठमाडौं,सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ रहेको थियो ।

यसअघि अघिल्लो हप्ताको सोमवार सुन अहिलेसम्मकै उच्च एक लाख ५० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img