spot_img

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

spot_img

काठमाडाैँ,सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा धादिङका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ।

यसैगरी, सङ्घीय भूउपयोग परिषद् सदस्यमा डा रेवतीरमण पौडेल, डा यमुना घले, डा रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई सरकारले मनोनयन गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको सिरहाको नवरा
जपुर गाउँपालिका–४ को १९ कठ्ठा जग्गा इलाका प्रहरी कार्यालय, झाँझपट्टीलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी, मन्त्रिपरिषद बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाको राजीनामा स्वीकृत गरेको छ। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img