spot_img

काठमाडाैँ र पेरिसबाट खटिएको टोलीबाट पोर्चुगलमा राहदानी शिविर

spot_img

लिस्बन, सरकारले पोर्चुगलमा सञ्चालन गरेको घुम्ती राहदानी शिविर सम्पन्न भएको छ । गएको अगस्ट २ तारिख अर्थात् साउन १८ गतेदेखि हिजोसम्म राजधानी लिस्बनमा भएको शिविरमा परराष्ट्र मन्त्रालय काठमाण्डौ र फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासबाट गएको टोलीले राहदानी नवीकरण शिविर सञ्चालन गरेको हो ।

पोर्चुगलमा अहिले ५० हजार जनाभन्दा धेरै नेपालीको बसोबास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शिविरमा नाबालक एक सय २१, नवीकरण तीन हजार तीन सय ८० र हराएका तीन सय २८ गरी तीन हजार ८ सय २९ वटा राहदानी नवीकरण भएको छ ।

त्यसबापत ४ लाख ९१ हजार ५ सय ८० यूरो अर्थात् ७ करोड २० लाख ११ हजार रुपैयाँभन्दा धेरैको राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img