spot_img

दाहालले भने– जनार्दनले पार्टी फुटाउँछ भन्नेजस्तो माहोल बन्नु गलत हो

spot_img

काठमाडौं,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्।पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताए।उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने हल्ला फिँजाइएको भन्दै उनले त्यसमा सत्यता नभएको बताए।

यो पनिः नेतृत्व हस्तान्तरणबारे जनार्दनको लिखित प्रस्तावमा प्रचण्डको प्रतिक्रिया– सबै मिलेर जान्छ, केही टेन्सन छैन

‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन्। होहल्ला, प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम भए। यो बैठकसम्म आउँदा ति सबै भ्रम चिरिएका छन्,’ उनले भने, ‘खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकतावद्ध भएको छ र प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ।’

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडित केन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको उनले बताए। (न्युज एजेन्सी नेपाल)

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img