काठमाडौँ —विश्वको चर्चित फिल्म फेस्टिभल लोकार्नो फिल्म फेस्टिभलमा नेपाली कलाकार थिन्ले ल्हामोलाई उत्कृष्ट अभिनयका लागि बोक्कालिनो डिओरु अवार्ड प्रदान गरिएको छ ।
मीनबहादुर भामद्वारा निर्देशित नेपाली फिल्म साम्बालाुमा मुख्य पात्रको भूमिका निभाएकी कलाकार थिन्लेले स्विट्जरल्यान्डमा आयोजित ७७ औं लोकार्नोमा अवार्ड जितेकी हुन् । दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेको निर्माण टिमले जनाएको छ ।
ुसाम्बाला फिल्मको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौं,ु शुक्रबार जारी विज्ञप्तिमा लेखिएको छ, ुदक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन् ।
साम्बाला थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको रुपमा अभिनय गरेकी थिइन् ।
यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं,निर्माण टिमले जनाएको छ ।






















