spot_img

दुबै पक्षका गुटगत भेलामा सहभागी नहुने नेकपा स्वर्गद्वारी नगरकमिटीको निर्णय ।

spot_img

२५ पुस, प्यूठान  नेपाल कम्युनिष्ट पार्टी नेकपाअहिले मूलतःदुई खेमामा विभक्त छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह निर्माण गरेरै गेटगत भेला तथा विभिन्न कार्यक्रमहरुमा सक्रिय हुँदै आएका छन् ।स्वर्गद्वारी नगरपालिका प्यूठानको नेकपा नगर कमिटीले भने दुवै पक्षका गुटगत भेलामा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार भिंगृको जलुकेमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नगर कमिटीका अध्यक्ष भुवन पुनले जानकारी दिए ।

‘पार्टी विभाजन भैसकेको अवस्था छैन उनले भने, ‘गुटगत भेला बैठकहरुमा सहभागी नहुने र जुन पक्ष आधिकारिक संस्थापन हुन्छ त्यहि नै नगरकमिटी हुन्छ ।’ दुवै पक्षले आफू नै आधिकारिक पार्टी भएको दावी गर्दै आएका छन् । निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुंगो लगाउन बाँकी छ ।

नेताहरु एक–अर्कालाई दोष लगाएर गालिगलौजमा उत्रिए पनि जनता त्यसको पक्षमा नभएको नगरकमिटी सचिव टेकबहादुर भट्टराईले बताए । ‘जनताले विकास निकास चाहिरहेको छ, उनले भने ‘त्यसैले हामी कुनै पक्षमा छैनौं ।’कुनै व्यक्तिको स्वार्थका लागि पार्टी फुटको पक्षमा नगरकमिटी नरहेको भन्दै उनले सिङ्गो पार्टीलाई बचाइ राख्न यस्तो निर्णय लिइएको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img