spot_img

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

spot_img

बाँके,जुम्लामा उत्पादन भएको स्याउ बाँकेको नेपालगञ्जका चोक तथा सबैजसो फलफूल पसलमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका पसलमा बिक्री भइरहेका हुन् ।

प्रतिकिलो एक सय ६० रुपैयाँमा बिक्री भएको जुम्लाको स्याउ उपभोक्ताको अत्यधिक रोजाइमा परेको व्यापारीहरू बताउँछन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ की शर्मिला कार्कीले प्रतिकिलो २० रुपैयाँ नाफा राखेर बिक्री गरेको र स्याउ ताजा, रसिलो र स्वादिष्ट रहेकोले छिटो बिक्री भइरहेको बताउनुभयो ।

नेपालगञ्जमा प्रायजसो भारतको सिमलालगायत क्षेत्रबाट ल्याएर स्याउ बिक्री गरिन्छ । हेर्दा जुम्लाको भन्दा भारतको स्याउ आकर्षक भए पनि जुम्लाकै स्वादिलो भएको उपभोक्ताको भनाइ छ ।

थोक व्यापारीहरूले जुम्लाबाट हरेक दिन चार ट्रक स्याउ नेपालगञ्ज पु¥याउने गरेका छन् । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारीहरू बताउँछन् ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img