अस्पताल गुहार्दा-गुहार्दै सुत्केरीको ज्यान गयाे,कर्णाली सरकारकाे एयर एम्वुलेन्स टाठाबाठा र नेताका आफन्तमै सिमित

रूपक यात्री,काठमाडाैँ
डाेल्पाकाे ठुलिभेरी नगरपालिका वडा नम्वर ६ दुर्गाउँ कि लालु कुमारी राेकायालाइ शुक्रबार दिउँसाे सुत्केरी व्यथा लाग्याे । स्वास्थ्य चाैकी माजफाल २ घण्टा बाेकेर लिनुपर्ने अवस्था थियाे । अत्यधिक व्यथाले च्यापेपछि परिवारले स्वास्थ्य चाैकीसम्म लिन सकेन । लालुकुमारीले घरमै छाेरी जन्माएकाे स्थानिय हिमाल राेकायाले जानकारी दिए । परिवारले स्थानिय सि.अहेव हरिवहादुर राेकायलाइ बाेलाए । अहेव आएर हेर्दा लालुकुमारीकाे अवस्था सामान्य थियाे । हरिवहादुरले भने डेलिभरीकाे अवस्था सामान्य थियाे तर पछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भयाे । एक अवाेध बालिका जसले याे धर्तीमा पाइलामात्र के टेकेकी थिइन् उनले ममतामयी आमा गुमाउँनु पर्याे ।
स्वास्थ्यसेवाबाट बञ्चित भएकै कारण कर्णालीका महिलाले ज्यान गुमाउँनु परेकाे याे पहिलाे घटना पक्कै पनि हाेइन । याे त केवल एक प्रतिनिधि घटना मात्रै हाे समग्र कर्णाली प्रदेशकाे अवस्था हेर्ने हाे भने अवस्था चिन्ता जनक छ । भरपर्दाे स्वास्थ्य सेवा र पहुँच नभएको कर्णालीमा विरामीले भगवानकै भरोसामा बाच्नुपर्ने बाध्यता छ। गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्य दिनहुँ जोखिममा पर्ने गरेको छ। भरपर्दाे र समयमा उपचार नपाएका कारण लालुकुमारी जस्ता थुप्रै महिलाले ज्यान गुमाउनु परेको छ।

कर्णालीका दश जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा १३ जना सुत्केरी महिलाको मृत्यु भयो। यस्तै, आव २०७३/०७४ मा १८ जनाले ज्यान गुमाएका थिए भने आ.व. २०७४/०७५ मा ३७ जना सुत्केरीले अकालमा ज्यान गुमाएको तथ्यांक कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग छ। उल्लेखित तथ्यांकले कर्णाली प्रदेशका गर्भवती तथा सुत्केरी महिलाहरूको असुरक्षित अवस्था दर्शाउँछ।
अभिलेखअनुसार आ.व. २०७२/०७३ मा डोल्पामा २, मुगुमा १, हुम्लामा २, जुम्लामा १, दैलेख र सुर्खेतमा ३÷३, सल्यानमा १ जना सुत्केरीको मृत्यु भएको थियो। यस्तै, आ.व. ०७३/०७४ मा कालिकोटमा ५, दैलेखमा ६, जाजरकोटमा ४ र सुर्खेतमा ३ जना सुत्केरीले भरपर्दाे उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ। आव ०७४/०७५ मा मुगु र जाजरकोट जिल्लामा १०/१० जना सुत्केरीको मृत्यु भएको छ। डोल्पामा २, हुम्लामा १, कालिकोटमा ४, दैलेख र रुकुममा १/१ र सुर्खेतमा ८ जना सुत्केरीको अकालमा मृत्यु भएको छ।
कर्णालीमा मातृमृत्युदर, स्रोत: प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत।
कर्णालीका ७९ वटा स्थानीय तहमा स्वास्थ्य संस्था भएपनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा पुग्न सकेको छैन। कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगुबाट सुत्केरीलाई थप उपचारका लागि लाखौं खर्चेर कर्णाली प्रदेश अस्पताल सुर्खेत, काठमाडौं, नेपालगञ्जसम्म पुग्नु पर्ने बाध्यता हटेको छैन। जनचेतनाको कमी, भौगोलिक विकटता, परम्परागत सोच, भौतिक संरचनाको अपर्याप्तताका कारण पनि महिलाहरू स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर छन्। अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था भयावह छ । केन्द्र र प्रदेश सरकारले कर्णाली लक्षित गरी सञ्चालन गरेको एयर एम्वुलेन्स पनि विपन्न परिवारका लागि उपयोगमा आउन सकेको छैन्। टाठाबाठा र नेताकै आफन्तका लागि प्रयोग हुने गरेको छ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -