spot_img

काठमाडौंबाट चितुवाको छालासहित तीनजना पक्राउ

spot_img

२६ पुस, काठमाडौं । काठमाडौंको शंखमुलबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्दै आएका २८ वर्षीय अर्जुन जिरेल, दोलखाकै जिरी नगरपालिका–३ घर भई भक्तपुरको नयाँवस्ती वस्ने ४८ वर्षीय जयवहादुर जिरेल र कैलालीको धनगढी नगरपालिका–७ का २२ वर्षीय राज कँडेल रहेका छन् ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको बिशेष टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१० शंखमुलबाट आइतबार नियन्त्रणमा लिएको डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

डीएसपी विष्टका अनुसार उनीहरुको साथबाट १ चितुवाको छाला बरामद भएको छ । नियन्त्रणमा लिएका तीन जनालाई आवश्यक कारबाहीका लागि चितुवाको छालासहित जिल्ला वन कार्यालय काठमाडौं पठाइने उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img