spot_img

शुक्लाफाँटा आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

spot_img

कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद साउदले न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका हुन्।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको उल्लेख गर्दै उनले यसबिचमा ३२ वटा आयोग गठन गरेर करोडौँ खर्च भइसक्दा पनि समस्या समाधान हुन नसकेको बताए।

‘वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रुखमुनि वास बसेका छन्,’ उनले भने।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्षपीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दूरी हेरी १ देखि ५ कट्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गर्दै साउदले उक्त जग्गा र राहत रकम कमभएकाले बढाउनुपर्ने माग राखेर आरक्षपीडित आज पनि आन्दोलनमा रहेको सदनलाई जानकारी गराए।

‘म नेपाल सरकारलाई पूर्वन्यायाधीशको अध्यक्षतामा गैरराजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img