spot_img

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो,मन्त्री बद्री पाण्डे

spot_img

काठमाडौँ,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री बनेपछि मन्त्रालयका सम्बन्धमा सम्पूर्ण जानकारी लिइसकेको बताउँदै उनले अब सुधारका कार्य गर्नुपर्ने बताए ।

मन्त्री पाण्डेले सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए । ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ, नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन, तबसम्म अरु सुधार्न सक्दैन,’ उनले भने, ’अहिले एनएसी भन्छौँ, अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ । आरएनएसी भनेको पुरानो रोयल होइन कि, रिफर्म्ड नेपाल एयरलाइन्स हो । रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ ।’

नेपाल एयरलाइन्सको पुनर्संरचना गरेपछि मात्रै अन्य एयरलाइन्सलाई नियमन गर्न सक्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल एयरलाइन्सलाई पुनर्संरचना गरी अन्य एयरलाइन्सलाई नियमन गर्ने उनको भनाइ छ । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय सुधारको दिशामा गएको र पुनर्संरचनाको दिशामा जाने लक्ष्य रहेको पनि उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img