रुपक यात्री,शे-फोक्सुण्डो
शे-फोक्सुण्डो गाउँपालिकाको -३ स्थित शे-मा १२ वर्षपछी “शेल्री डुग्ड्रा” वा क्रिस्टल माउन्टेन,अर्थात कान्छो कैलाश पर्वतको तिर्थयात्रा र शताब्दी पुराना गुम्बाहरुको दर्शनका लागि हजारौं मान्छे डोल्पाबाट मात्रै नभएर मुगु,मुस्ताङ,जुम्ला र सुर्खेत बाट पुगेका थिए। स्वदेशी तथा बिदेशी पर्यटकको समेत घुइँचो थियोे।
इतिहास हेर्दा महासिद्द गुरु सेङ्गे ह्येश्येले तिर्थको स्थापना गर्नुभएको थियो। इतिहास हेर्दा “शेल्री डुग्ड्रा” तिर्थस्थलको तिर्थ द्वार खुलेको ड्राइगन वर्ष अनुसार ८०५ वर्ष पूरा भएको मानिन्छ। इतिहास देखि नै तिर्थ यात्रा गर्ने क्रम जारी रहेपनी ड्राइगन वर्ष अनुसार यस चाेटि ६७-औं पटक मान्छेहरु विशेष समय मिलाएर भदौं पहिलो हप्ता देखि अन्तिम सम्म यश पर्वतको तिर्थ यात्रा गरेका थिए। यश पर्वतको परिक्रमा अर्थात कोरा लगाउने १३ पटक सम्म गर्ने प्रचलन छ। १ वर्षमा मान्छेहरुले कम्तीमा १ पटक देखि १३ पटकसम्म तिर्थालुहरुले कोरा लगाउने गर्दछ्। कैलाश पर्वत दर्शन गर्न नसकेमा वा यो पर्वतको तिर्थ गर्दा पुन्य कमाइने धार्मिक बिश्वास रहिआएको छ।
तिर्थयात्रा संगसंगै १३ औं शताब्दीको गोन्मोछ्ये गुम्बा,१६ औं शताब्दीको सुम्दो गुम्बा र १७ औं शताब्दीमा स्थापना भएको चाखाङ गुम्बको धार्मिक इतिहास महत्वपूर्ण भएकोले हजारौं मान्छेहरु दर्शन गर्न अहिले पनि गएका थिए। प्रचारप्रसारको अभावमा यो पर्वत र गुम्बाहरु ओझेलमा परेका छन्। पछील्लो समय गुम्बामा सुरक्षा नहुँदा ३ वटै गुम्बाहरु चोरी भएको पुजारी बताउँछन्। भौगोलिक विकटता,खानेपानी,बाटो र बत्तीको ठुलो समस्या छ।
यसैगरी “१२ वर्षे शेल्री डुग्ड्रा (शे ) मेलाको अवसरमा शेमा भदौ १६ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गरिएको थियोे। कार्यक्रमको प्रमुख अतिथि पूर्व सहरी बिकास मन्त्री तथा सांसद धनबहादुर बुढा,बिशेष अतिथिहरु डिगुङ क्यापगोन रिम्पोर्छे,क्याप्चे मेनरि पोन्लोप रिम्पोर्छे,कोमाङ छोक्टुल रिम्पोर्छे र सभा अध्यक्ष डोल्पा समाजका संस्थापक अध्यक्ष निमा सम्डुक गुरुङले गर्नु भएको थियो । अतिथिहरु गाउँपालिका अध्यक्षहरु जगदुल्ला,काइके,छार्काताङसोङ र डोल्पोबुद्द,मुगु कार्मारोङ,लोकेगार दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोब्साङछोइबेल बिष्ट लगायतको उपस्तिथि रहेको थियो।
अर्थहिन तथा औचित्यहिन ६७ औं शे -मेला कार्यक्रम ”
कार्यक्रमको आयोजकमा गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ,उपाध्यक्ष पेम्मा वाङछेन गुरुङ र वडा अध्यक्षहरु लगायत रहेका थिए । विशेष गरि शे-को महत्त्वबारे समाचार संकलनका लागि राष्ट्रिय मिडिया नपुगे पनि इमान्दार खवर टिम २० दिन उपल्लो डोल्पा यात्रामा थियो। आयोजकले संचालन गरेको ६७ औं शे-मेला नाम दिइएको कार्यक्रम अर्थहीन तथा औचित्यहिन भएको सबैको बुझाइ छ।
“६७ औं शे -मेला कार्यक्रम यसकारण असफल”
देश तथा बिदेशका संघसंस्था,राज्यका विभिन्न मन्त्रालय,कार्यालय,ब्यक्ती र छिमेकि पालिकाबाट २० करोड भन्दा बढीको हाराहारी सहयोग जुटेको अनुमान छ। तर आयोजक समितिका ६-७ जनाले करोडौं लुट्ने योजना बनाउँदा यति ठुलो बजेटको कार्यक्रममा कुनै पनि संघ र प्रदेश सरकार देखि डोल्पाकै स्थानीयतहका केही प्रतिनिधि बाहेक,जिल्ला सरकारी कार्यालयका प्रतिनिधिको शुन्य उपस्थिति रह्यो।
१:संघ र प्रदेशबाट कुनै बहालवाला मन्त्री अर्थात सरकारी प्रतिनिधि लिन नसक्नु अनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुर्खेतबाट दुनैसम्म ल्याएर
शे मेला आयोजकले विभिन्न राजनीति गरेर अन्तिममा नचाहनेर १२ लाख खर्च गरेपनि दुनैमा २ घन्टा रोकेर फिर्ता गर्नु लज्जाको विषय सहित कार्यक्रम असफल भएको मुख्य उदाहरण बन्यो। अर्थात महोत्सव सुरुमै असफल भएको प्रमाणित भयो।
२:जिल्ला भित्रकै कुनै पनि सरोकारवाला निकाय,कार्यालयका प्रमुखहरु लिन नसक्नु वा आयोजकले लिन नचाहनु कार्यक्रम असफल हुनुका अर्को उदाहरण हो।
३:गम्भीर प्रश्न महोत्सवमा राज्यका सरोकारवाला सबैलाई बोलाएर शे मा पर्ने ३ वटै गुम्बाका सहित उपल्लो डोल्पाका मुर्ति चोरीको विषय र जनताको धनमाल लुटपाट अनि बिकासको मुद्दा ठुलो रुपले उठाउनु पर्नेमा यस्ता कुरालाइ आयोजकले उठाउन नै गरेन उल्टै दबाएको पाइयो। मुद्दा बिहिन कार्यक्रम असफल भएको प्रमाणित हुन्छ ।
४:स्थलगत अध्ययनले तिर्थ महत्वपूर्ण हो,हजारौं मान्छे तिर्थ र गुम्बाको दर्शन गर्न गएको पाइयकोले करोडौं रकम खर्च गरेर कार्यक्रम अर्थात मेला गर्नुको औचित्य देखिदैन। कसैले कार्यक्रम गर्नु जरुरी छैन तिर्थालुहरुलाइ ब्यवस्थापन गर्नुपर्ने देखिन्छ। बरु कार्यक्रम संचालन गर्ने आयोजकले कान्छो कैलाशको कोरा तिर्थ र गुम्बा दर्शनमा गम्भीर असर गरेको देखियो ।
५:पहिलेका वर्षमा शे मेला आयोजकको भनाइ अनुसार कोहि कसै ब्यापारी र तिर्थालुबाट पैसा उठाउने गरिएको थिएन । तर यश वर्षको आयोजकले हरेक पाल,होटेलबाट स्थानीयलाई ३० हजार र बाहिरकाइ १ लाखसम्म लिएको पाइयो। जुवा,क्लब,डान्सबार,क्यासिनो चलायर रातभर मान्छेलाई सुत्न नदियर डेकहरु बजाइन्थ्यो। बालबालिकालाई डिस्कोमा नचायर पैसाकै लागि आयोजकले शे तिर्थ र गुम्बाहरु धार्मिकमहत्त्वको भद्दा मजाक उडाएको पाइयो। धार्मिक महोत्सव र पबित्रस्थलमा धेरै टाढाबाट आएका हजारौं तिर्थालुले यस्ता बिकृति रोक्नुपर्ने गुनासो इमान्दार खवरलाइ पोखे।
६:विभिन्न सरकारि कार्यालय,शे-फोक्सुण्डो पालिका सहित अन्य स्थानीय तह बाट करोडौं,लामाहरुको करोडौं सहयोग,चिट्ठा र सहयोग भन्दै करोडौं र होटेल पालहरुबाट करोडौं उठायर खर्च भने आयोजकले खासै गरेको देखिदैन।सबै हिसाबकिताबको सार्वजनिक सुनुवाइ हुनुपर्ने तर कार्यक्रमको अन्त्यसमा गरिएन।
७:पालिका अध्यक्ष र उपाध्यक्ष लगायत ५-६ जना आयोजकले लुट्ने योजनाका साथ शेका गुम्बाकै लामाहरु,उपल्लो डोल्पाको बौद्धिक वर्ग,पहिले शे मेला आयोजना गर्ने लामा र पालिकाकै कर्मचारीलाई भुमिका बिहिन गरेर बाइपास गरेको देखियो। जिल्लाका सबै राजनीतिक दल,बाहिरका जनप्रतिनिधि,पत्रकार र सुरक्षाकर्मी सबैलाई आयोजकले घिर्णाले घिर्णाको व्यबहार गरेको पाइयो । कुनै पत्रकारलाई नलगेर सबै कुरा गोप्य बनाइ लुट्ने आयोजकको योजना रहेको व्यबहारले पुष्ठि गरेको देखिन्छ ।
८: निकुञ्ज भित्र खुल्ला दिशपिसाब हुँदा,रातभर क्यासिनो ,डान्सबार र क्लब चलेर पबित्र स्थललाई ठमेल जस्तो बनाउदा प्रशासन,प्रहरी देखि निकुञ्ज किन मौन गम्भीर प्रश्न खडा भएको छ।
अन्तमा: इमान्दार खवरको टिम शे फोक्सुण्डो पालिका र शे मा आफ्नो तरिकाले घुमेर सबै प्रश्नको जवाफ खोज्न अध्यक्ष र उपाअध्यक्षलाई पटकपटक अनुरोध गर्दा अन्तर्वार्ता ३ दिन सम्म दिन नमानेकोले प्राप्त प्रमाणलाई आधार मानेर समाचार लेख्ने प्रतिबद्धता जनाउँदछ।
बिकास,योजना र जनप्रतिनिधिले पालिकाको बजेटमा मच्चाएको लूटतन्त्र बाँकी अर्को लेखमा क्रमश….