spot_img

कसले चाेर्छ उपल्लाे डाेल्पाका गुम्वाहरूका मूर्तीःसबै किन तै चुप मै चुप?भगवानलाइ हराउने डरःगुम्बाहरू सबै रित्तिए,खाेज्दीने कसले ?

spot_img

“उपल्लाे डाेल्पाका इतिहासमा मूर्ती चाेरीका घटनामा स्थानीय टाठाबाठा संलग्न रहेकाे प्रहरी अनुसन्धानले पुष्ठी गरेकाे छ,राज्य समक्ष स्थानीयले घटनाकाे छानविन गर्न दवाफ नदिनु र राज्यले पनि अनुसन्धानमा चासाे नदिनु दुवै विषय  रहस्यमय छन्”

रुपक यात्री,शे–फोक्सुण्डो

शे–फोक्सुण्डो गाउँपालिकाको –३ स्थित शे–मा १२ वर्षमा १ पटक गर्न पर्ने “शेल्री डुग्ड्रा” वा क्रिस्टल माउन्टेन,अर्थात कान्छो कैलाश पर्वतको तिर्थयात्रा र शताब्दी पुराना गुम्बाहरुको दर्शनका लागि हजारौं मान्छे डोल्पाबाट मात्रै नभएर मुगु,मुस्ताङ,जुम्ला र सुर्खेत बाट पुगेका थिए। स्वदेशी तथा बिदेशी पर्यटकको समेत घुइँचो थियोे।

”शेल्री डुग्ड्रा”काे तिर्थ र शे-गुम्वाहरूका धार्मिक महत्वः

इतिहास हेर्दा महासिद्द गुरु सेङ्गे ह्येश्येले तिर्थको स्थापना गर्नुभएको थियो। इतिहास हेर्दा “शेल्री डुग्ड्रा” तिर्थस्थलको तिर्थ द्वार खुलेको ड्राइगन वर्ष अनुसार ८०५ वर्ष पूरा भएको मानिन्छ। इतिहास देखि नै तिर्थ यात्रा गर्ने क्रम जारी रहेपनी ड्राइगन वर्ष अनुसार यस चोटि ६७–औं पटक मान्छेहरु विशेष समय मिलाएर भदौं पहिलो हप्ता देखि अन्तिम सम्म यश पर्वतको तिर्थ यात्रा गरेका थिए। यश पर्वतको परिक्रमा अर्थात कोरा लगाउने १३ पटक सम्म गर्ने प्रचलन छ। १ वर्षमा मान्छेहरुले कम्तीमा १ पटक देखि १३ पटकसम्म तिर्थालुहरुले कोरा लगाउने गर्दछ्। कैलाश पर्वत दर्शन गर्न नसकेमा वा यो पर्वतको तिर्थ गर्दा पुन्य कमाइने धार्मिक बिश्वास रहिआएको छ।

तिर्थयात्रा संगसंगै १३ औं शताब्दीको गोन्मोछ्ये गुम्बा,१६ औं शताब्दीको सुम्दो गुम्बा र १७ औं शताब्दीमा स्थापना भएको चाखाङ गुम्बको धार्मिक इतिहास महत्वपूर्ण भएकोले हजारौं मान्छेहरु दर्शन गर्न अहिले पनि गएका थिए। प्रचारप्रसारको अभावमा यो पर्वत र गुम्बाहरु ओझेलमा परेका छन्।

शताव्ती पुराना गुम्बाहरूका मूर्ती चाेरी मुख्य समस्या

इमान्दार खवरकाे टाेलि मूर्ती चाेरीकाे विषयलाइ मुख्य मुद्दा बनाएर पुराना यी सबै गुम्भाहरूमा पुगेकाे थियाे। गोन्मोछ्ये गुम्बा र सुम्दो गुम्बा गुम्बाका मूर्तीहरू हराएकाे धेरै वर्ष भैसक्याे। तर चाखाङ गुम्बाकाे मूर्ती हराएकाे १ वर्ष मात्र हाराहारी भएकाे छ। हराएका मूर्ती खाेजीमा न स्थानीयकाे चासाे छ न प्रहरीकाे नै। चाखाङ गुम्बाका पुजारी धावा तेन्जीङ गुरूङलाइ हामीले यस विषयमा प्रश्न गरेका थियाैँ। उहाँका अनुसार १ वर्ष पहिले चाेरहरू आएर आफुहरूलाइ बाँधेर गुम्बाका सबै मूर्ती,पैसा लगाएतका कराेडाैँकाे चाेरी भयाे। यस्तै अन्य गुम्बाका मूर्ती चाेरी भएकाे धेरैँ वर्ष भएकाे र हालसम्म कुनै सामान नभेटिएकाे पुजारी गुरूङले जानकारी दिए। उहाँसँगकाे पुरा कुराकानि सहितकाे भिडियाे। imandarkhabar युटुव च्यानलमा आउने जानकारी गराउँछाैँ।

न प्रहरी छ न सुरक्षा छ,मूर्ती हराएकाे प्रहरीमा मुचुल्का छ न मूर्तीहरू खाेजिदिन स्थानीयकाे दवाफ छ,न त राज्यले नै खाेजिदिन्छ। त्यसाे त उपल्लाे डाेल्पाका करिव सबै गुम्वाहरूका मूर्ती चाेरी भएका छन्। कति प्रहरीले अनुसन्धान गरेकाे छ भने अधिकांस गुम्वाका मूर्ती चाेरी घटनाकाे अनुसन्धान हुन बाँकी छ। यस्ता घटनामा प्रहरी अनुसन्धसानले हालसम्म स्थानीयकै धेरै संलग्न रहेकाे पुष्टि गरेकाे छ। उपल्लाे डाेल्पा सहित तल्लाे डाेल्पाका स्थानीयहरू मात्र हालसम्म मूर्ती चाेरी घटनामा समातिएका छन्। तर नाइके समात्न प्रहरीले सकेकाे छैन। इनै तथ्यले स्थानीय व्यक्तिहरूकाे संलग्नता विना यस्ता घटना सम्भाव छैन भन्ने प्रहरी अनुसन्धानका घटनाले समेत पुष्टि गरेकाे छ। यहाँकाे सुम्दाे गुम्बामा जहाँबाट चाेरि भएकाे छ त्यहाँ मात्रै लिपपाेत गरिएकाे एक जना स्थानीयले बताए । सरकारले सिआइबी नै खटाएर सबै चाेरीका घटनाकाे छानविन हुन जरूरी छ। अहिले याे गुम्बामा मात्र चाेरी नभएर स्थानीय जनताका घरहरू पनि लुटिन थालेका छन्। तर सबै मुद्दामा जनप्रतिनिधि देखि टाठाबाठा सबै चुपचाप देखिन्छन्।

“६७ औं शे –मेला कार्यक्रममा याे मुद्दा त्यहाँका स्थानीयले उठाने सबैकाे अाशा थियाे। तर गम्भीर प्रश्न महोत्सवमा राज्यका सरोकारवाला सबैलाई बोलाएर शे मा पर्ने ३ वटै गुम्बाका सहित उपल्लो डोल्पाका मुर्ति चोरीको विषय र जनताको धनमाल लुटपाट अनि बिकासको मुद्दा ठुलो रुपले उठाउनु पर्नेमा यस्ता कुरालाइ आयोजकले उठाउन नै गरेन उल्टै दबाएको पाइयो। सबैलाइ बाेलाएर समस्या सुनाउनु पर्ने कार्यक्रममा २० कराेड भन्दा बढिकाे रकम आयाेजकले लुट्ने मात्रै याेजना बनाउँदा सबै मुद्दा अाेझेलमा परे।

पालिका अध्यक्ष धावा सम्डुक गुरुङ,उपाध्यक्ष पेम्मा वाङछेन गुरुङ र वडा अध्यक्षहरु लगायत रहेका थिए तर उनीहरूले मूर्ती चाेरी,विकास र जनताका समस्याका विषयमा कुनै शव्द खर्च पनि गरेनन्। ५-६ जना आयोजकले लुट्ने योजनाका साथ शेका गुम्बाकै लामाहरु,उपल्लो डोल्पाको बौद्धिक वर्ग,पहिले शे मेला आयोजना गर्ने लामा र पालिकाकै कर्मचारीलाई भुमिका बिहिन गरेर बाइपास गरेको देखियो। जिल्लाका सबै राजनीतिक दल,बाहिरका जनप्रतिनिधि,पत्रकार र सुरक्षाकर्मी सबैलाई आयोजकले घिर्णाले घिर्णाको व्यबहार गरेको पाइयो । कुनै पत्रकारलाई नलगेर सबै कुरा गोप्य बनाइ लुट्ने आयोजकको योजना रहेको व्यबहारले पुष्ठि गरेको देखिन्छ । इमान्दार खवरकाे टाेलि मात्र पुगेकाेले सबै तथ्यहरू श्रृङ्खलावद्द रूपमा बाहिर निकाल्ने बाचा गर्दछ।

बिकास,योजना र जनप्रतिनिधिले पालिकाको बजेटमा मच्चाएको लूटतन्त्र बाँकी अर्को लेखमा क्रमश….

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img