spot_img

“जव डा.सन्दुक रुइत उपल्लाे डाेल्पा पुगेर मोतियाबिन्दु लागेका धेरैलाइ संसार देखाए” फाेटाेफिचर सहित

spot_img

रुपक यात्री,शे–फोक्सुण्डो

४३ सय मिटरकाे उचाइ चिसाे माैसम एका विहानै उपल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो गाउँपालिकाको शे-मा देखिए डा.सन्दुक रुइत । उनी आएकाे खवरले उपल्लाे डाेल्पाकाे शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्कातोङसोङ गाउँपालिका गाउँगाउँबाट आँखाको समस्या लिएर आउनेहरूकाे लस्कर नै थियाे।

 १२ वर्षे शे–मेलाकाे अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठान,विभिन्न संगसंस्था,शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्कातोङसोङ गाउँपालिकासँगको सहकार्यमा भदौ १६ देखि १८ सम्म आँखा शिविर चलेकाे थियो । शिविरमा ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएकाे शिविर सञ्चालनकाे लागि सहकार्य र निकै सहयाेग पुर्याउने शे फाेक्सुण्डाे गाउँपालिका १ का अध्यक्ष जिग्मे छाेइङ नाेर्बु लामाले जानकारी दिए।

यति दुर्गम ठाउँका जनता निकै खुशी देखिन्थे। विनम्रका साथ सबैले डा.रूइतलाइ धन्यवाद दिए। आँखा शिविर सञ्चालन गर्नका लागि तिलगंगा आँखा प्रतिष्ठानको टोली दुनैबाट ६ दिन हिँडेर शे–गुम्बा पुगेको थियो । डा.रूइतलाइ विभिन्न ठाउँमा हेलिकाे व्यवस्था गरेर शे मा लगिएकाे थियाे। शिविर बाहेक डा.रूइत शे मेला अाैँपचारिक कार्यक्रममा भने सहभागि बनेनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img