spot_img

लोकसेवा पास गर्ने तथ्याङ्कःगुल्मी सधैँ अब्बल,जुम्लाकाे कडा टक्कर अन्य जिल्लाकाे अवस्था कस्ताे छ त ?

spot_img

 काठमाडौं,पछिल्लो वर्षमा निजामती सेवामा सबैभन्दा धेरै कर्मचारी गुल्मी जिल्लाबाट प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा १०४ जनाले लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खाएका छन् । गुल्मीपछि स्याङ्जाबाट १०२, सर्लाहीबाट ९१, धनुषाबाट ७८ र कञ्चनपुरबाट ७३ जना निजामती सेवामा प्रवेश गरेका छन् । २०७९÷८०मा पनि गुल्मी नै पहिलो स्थानमा थियो भने त्यसपछि स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै छन् ।

लोकसेवा आयोगकी प्रवक्ता तथा सहसचिव गीताकुमारी होमेगाइँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को अवधिमा निजामती सेवामा २ हजार ६८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए । जसमा ७४४ महिला र १ हजार ९ सय ४४ जना पुरूष थिए । गत वर्ष मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन्‌ भने अरु जिल्लाबाट कुनै न कुनै संख्यामा निजामती प्रवेश गर्नेहरु रहे । सिफारिस हुने उम्मेदवारको औसत उमेर २९ वर्ष रहेको प्रवक्ता होमेगाइँले जानकारी दिइन् ।

सिफारिस भएका कुल २ हजार ६८८ जनामध्ये आर्थिक वर्ष २०७८÷०७९को विज्ञापनबाट ९०२ जना, २०७९÷०८०को विज्ञापनबाट १ हजार ६०३ र ०८०÷०८१ को विज्ञापनबाट १५३ जना उम्मेदवार सिफारिस भएका छन्‌ । आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न ६ समावेशी समूहतर्फ कुल ९ सय ४७ पदका लागि विज्ञापन गरिएको थियो । आर्थिक वर्ष २०७८÷०७९, २०७९÷०८० र २०८०÷०८१ मा भएका विज्ञापन समेतका परीक्षाबाट कुल १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए ।

महिलातर्फ २४१, आदिवासी÷जनजातितर्फ २८२, मधेशीतर्फ २४८, दलिततर्फ १०४, अपांगतर्फ ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ उम्मेदवार सिफारिस भएका थिए ।आयोगका अनुसार विगत १७ वर्षमा सबै समावेशी समूहबाट गरी कुल २५ हजार २१८ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्‌ ।

सर्लाहीका प्रतिस्पर्धी धेरै

एक वर्षको अवधिमा निजामती सेवातर्फ प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनमा ४ लाख ७३ हजार ४ सय ९० दरखास्त परेको थियो । यस अवधिमा मुलुकका सबै जिल्लाबाट दरखास्त परेको आयोगले जनाएको छ ।

सर्लाहीबाट सबैभन्दा धेरै १८ हजार ३२८ वटा दरखास्त परेको थियो । धनुषाबाट १६ हजार ६७३ र सप्तरीबाट १६ हजार ५१४, महोत्तरीबाट १५ हजार ८३५ र बाराबाट १५ हजार ४२३ वटा आवेदन परेको थियो । पाँच जिल्लाबाट मात्रै कुल ८२ हजार ७ सय ७३ (१७.४८ प्रतिशत) दरखास्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

केही जिल्लामा लोकसेवाको आकर्षण नै ज्यादै न्यून छ । मनाङबाट १०, मुस्ताङबाट ४९, रसुवाबाट ४५८, रुकुम पूर्वबाट ७३९ र डोल्पाबाट १ हजार २४ आवेदन परेको छ । यी ५ जिल्लाबाट कुल २ हजार २८० अर्थात्‌ कुल दरखास्तको ०.४८ प्रतिशतमात्र दरखास्त परेका देखिन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img