spot_img

लगातारकाे अविरल वर्षाका कारणःमुख्य राजमार्ग अवरुद्ध,हवाई यात्रा भद्रगोल,मुलुकभर नदीकिनाराका बस्तीमा बाढीको चेतावनी

spot_img

काठमाडौं,अविरल वर्षाका कारण देशभरका मुख्यराज मार्ग अवरुद्ध भएका छन् ।सडक विभागका अनुसार अहिले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो । यसैगरी पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अन्तर्गत नागढुंगा र पृथ्वी राजमार्गकै धादिङस्थित ७ किलो भन्ने स्थानमा सडक अवरुद्ध छ । पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन निर्वाध गुड्न पाएका छैनन् ।

बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवतजावत रोक्ने निर्णय गरेको छ ।बिहानैदेखि पानी परिरहेको र थप क्षति नहोस भनेर रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा अत्यावश्यक सवारी भने सञ्चालन हुने भएका छन् ।

नारायणगढ तर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने भएको छ ।मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल क्षेत्रमा समेत राजमार्ग अवरुद्ध रहेको सडक विभागले जनाएको छ । रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत सडक खण्ड अन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा पनि सडक रोकिएको छ । कान्ती राजमार्गको मकवारपुर क्षेत्रमा गएको पहिरोले राजमार्ग अवरुद्ध गरेको सडक विभागले जनाएको छ ।

शुक्रबार हवाई यात्रा समेत निर्वाध हुन सकेन । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज भरतपुर, सुर्खेत र पोखरामा निर्धारित उडानहरू रद्द भएका छन् ।तराईका अन्य विमानस्थलहरूको उडान समेत डिले हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । अन्तर्राष्ट्रियतर्फ पनि धेरै उडानहरु प्रभावित भएका छन् । केही विमानहरू एक घण्टासम्म होल्ड गर्नु परेको थियो । बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । सरकारले अत्यावश्यक नपरेसम्म यात्रा नगर्न समेत सचेत गराएको छ ।

यस्तै गृह मन्त्रालयले कुलेखानी बाँधभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाँध भरिन लागेको जानकारी दिँदै मन्त्रालयले सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने चेतावनी दिएको छ।

‘कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ,’ मन्त्रालयले भनेको छ। सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गर्दै मन्त्रालयले ‘हाइएलर्ट’ बस्न भनेको छ।

‘कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनुहुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरूसमेत हाइएलर्टमा बस्नुहुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ। यसैबिच, इन्द्रसरोबर गाउँपालिकाले वडा नं २ र ३ सहित कुलेखानी खोला आसपासका बस्तीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img