spot_img

‘ठूलो प्राकृतिक विपत्तिका लागि तयारी नपुगेकाे प्रधानमन्त्री ओलीकाे स्वीकाराेक्ती’ःबाढीपहिरोले पूर्वाधारमा ११ अर्बको क्षति

spot_img

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गरेका छन् । उनले विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता पनि जनाएका छन् । शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारबाट तयारी भएको तर त्यसले धान्न सक्नेभन्दा ठूलो विपद् सामना गर्नुपरेको बताए । ‘यस प्रकारको परिस्थिति आइपुग्ला, यत्रो क्षति होला भन्ने थिएन,’ उनले भने, ‘यस तहको तयारी पक्कै पनि हाम्रो थिएन । प्राकृतिक विपत्तिका लागि तयारी नभएको भने होइन ।’

जल तथा मौसम विज्ञान विभागले असोज ७ मै पूर्वसूचना दिएअनुसार सरकारले तयारीका लागि तल्ला निकायसम्म जानकारी गराएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यही सूचनाका आधारमा रात्रिबस नचलाउन र सतर्कता अपनाउन सूचना प्रवाह गरिएको पनि उनले बताए । सबै मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीलाई दायाँबायाँ राखेर गरिएको पत्रकार सम्मेलनमा ओलीले विषम परिस्थितिमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, संघसंस्था र नागरिकसँग अपिल गरे । ‘विपत्तिले कुनै राजनीतिक रंग, पेसा, व्यवसाय छुट्याएर मर्का पारेको हुँदैन । यो साझा राष्ट्रिय पीडा हो,’ उनले भने ।

विपद्लगत्तै अमेरिका भ्रमण छोट्याएर किन नफर्किएको भनेर आफूमाथि भइरहेको आलोचनाका सन्दर्भमा भने प्रधानमन्त्री ओलीले आफू आउने तयारीमै रहेका बेला यता पानी परेको बताए । ‘११ गते पानी प¥यो । १२ गते अमेरिका छाडेको हुँ । प्लेनमा समय लाग्यो,’ उनले भने । गृहमन्त्रीको भूमिकालाई लिएर भइरहेको आलोचनाका सन्दर्भमा पनि ओलीले बचाउ गरेका छन् । ‘मान्छे बगाएर लग्यो, बचाउन सकिएन भन्ने रिपोर्ट आयो, गृहमन्त्रीले त्यही भन्नुभयो,’ उनले भने, ‘प्रारम्भिक जानकारी कहिलेकाहीं फरक पर्न सक्छ । यसलाई अयोग्यताका रूपमा लिनु हुँदैन ।’

बाढीपहिरोले पूर्वाधारमा ११ अर्बको क्षति
कृषिबाली तथा पशुपन्छीतर्फ ६ अर्ब, खानेपानीमा साढे ३ अर्ब, ऊर्जामा ४ अर्ब र सिँचाइमा १ अर्ब क्षतिको अनुमान

शुक्रबार र शनिबार रातिको अविरल वर्षापछि आएको विपद्बाट खानेपानी, सडक, ऊर्जा र सिँचाइका पूर्वाधारमा ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीपहिरोले २१ जिल्लामा भौतिक क्षति गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार खानेपानीको संरचनामा ३ अर्ब ५२ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको छ । देशैभर ३७ राजमार्ग अवरूद्ध भएकामा ९ वटाको अवरोध हटाएर सञ्चालनमा ल्याइएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । उनका अनुसार कृषिबाली तथा पशुपन्छीतर्फ ६ अर्ब क्षति भएको अनुमान छ ।

बाढीपहिराले ६ सय ६७ मेगावाट बिजुली उत्पादन गर्ने १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन १ हजार १ सय ३९ मेगावाटका १८ जलविद्युत् आयोजना तथा ५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको छ । मुख्यसचिव अर्यालका अनुसार सरकारले काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरलाई बाढीपहिरोबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।

सरकारी तथ्यांकअनुसार बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय २४ पुगेको छ, २४ जना अझै बेपत्ता छन् । १ सय ५८ जना घाइते छन् । ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । खोज तथा उद्धारमा ३० हजार ७ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । खोज तथा उद्धार कार्य दुई दिनभित्र पूरा हुने मुख्यसचिव अर्यालले जनाएका छन् । उनका अनुसार मृत्यु भएका व्यक्तिका परिवारलाई राहत वितरण प्रारम्भ भइसकेको छ ।

घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै अनुदान रकम उपलब्ध गराइने, बाढीपहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी, रणनीतिक सडक, टेलिफोन एवं विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री अर्यालले बताए । पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिने, अवरुद्ध अन्य सडकमा कजवे, ‘डाइभर्सन’ जस्ता वैकल्पिक माध्यमबाट समेत तत्काल यातायात सेवा सञ्चालन गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

निजी क्षेत्रसँग सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाइनेसमेत उनले बताए । सरकारले अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ । बाढीपहिरो प्रभावित जिल्लामा सरकारले सहसचिवको नेतृत्वमा टोली परिचालन गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img