कोभिड खोपका लागि आर्थिक सहयोग गर्न सरकारको आह्वान
काठमाडौं । सरकार सरकारले सबै जनतालाई निःशुल्क खोप उपलब्ध गराउन खोप कोषमा अर्थिक योगदान गरिदिन दातृ निकायहरुलाई आह्वान गरेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोभिड खोप निःशुल्क वितरणका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा विदेशी दातृ निकाय, विभिन्न व्यावसायिक एवं सामाजिक संघ(संस्था तथा परोपकारी संस्थाहरुलाई खोप कोषमा रकम जम्मा गरिदिन आह्वान गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकमा रहेको खोप कोषको खाता नं. १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने मन्त्रालयले जनाएको छ ।