spot_img

इजरायलले लगातार लेबनानमा आक्रमण गर्दा पश्चिम एसियाबाट तेस्राे विश्वयुद्द शुरू हुने खताराःइरानद्वारा इजरायलमा सयाैँ क्षेप्यास्त्र हमला,हजाराैँ नेपाली असुरक्षीत

spot_img

काठमाडौँ — लडाकु समूह हेजबुल्लाहमाथि स्थलगत आक्रमण गर्न इजरायली सेना लेबनान प्रवेश गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सेना मंगलबार लेबनान प्रवेश गरेलगत्तै इरानले इजरायलमा एक सय ८० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायलले कडा जवाफ दिने चेतावनी दिएकाले युद्ध चर्कने त्रास बढेको छ ।हेजबुल्लाहका सुरुङ तथा सैन्य संरचना ध्वस्त पार्न भन्दै इजरायली रक्षा बल (आईडीएफ) लेबनान प्रवेश गरेको हो । इरानको आर्थिक तथा सैन्य सहायतामा सञ्चालित सिया मुस्लिम समूह हेजबुल्लाहले आईडीएफसँग भीषण लडाइँ गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । योबीचमा ८ इजरायली सैनिकले ज्यान गुमाएका छन् भने ७ सैनिक घाइते छन् ।

लेबनानी अधिकारीहरूका अनुसार इजरायली सेनाले दुई सातायता गरेका आक्रमणमा कम्तीमा हजार सर्वसाधारणको ज्यान गइसकेको छ । आक्रमणका कारण दक्षिणी लेबनान र बेका क्षेत्रबाट कम्तीमा १० लाख सर्वसाधारण विस्थापित भइसकेका छन् । इजरायलले आफ्ना नागरिकलाई सुरक्षित राख्नका लागि हेजबुल्लाह र हमासजस्ता समूहलाई पूर्ण रूपमा समाप्त गर्नुपर्ने बताउँदै आएको छ ।

बीबीसीका अनुसार हेजबुल्लाहका प्रवक्ताले दक्षिणी लेबनानमा बुधबार आईडीएफसँगको झडप ‘पहिलो चरणको युद्ध’ को हिस्सा मात्रै भएको प्रतिक्रिया दिएका छन् । ‘हाम्रा सेना र प्रतिरोधी लडाकुहरू दुश्मनको सामना गर्न र प्रतिरोध गर्न पूर्ण रूपमा तयार छन्,’ प्रवक्ता मोहम्मद अफिफलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आईडीएफसँग लड्नका लागि हेजबुल्लाहको सैन्य शक्ति पर्याप्त भएको उनको दाबी छ ।

आईडीएफले हेजबुल्लाहका कारण आफ्नो उत्तरी क्षेत्रका नागरिक असुरक्षित भएकाले आक्रमण गर्नुपरेको बताउने गरेको छ । यसअघि इजरायली रक्षामन्त्री योआभ गलान्टले हेजबुल्लाहविरुद्ध इजरायलले ‘जल, स्थल र आकाश’ तीनवटै मोर्चाबाट कारबाही गर्ने चेतावनी दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रहार गरेर ‘ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् । ‘हामी आफूले बनाएका नियममा दृढ छौं । जसले हामीलाई आक्रमण गर्छ, त्यसमाथि प्रत्याक्रमण हुन्छ,’ नेतान्याहुले भनेका छन् ।

इरानले प्रहार गरेका १ सय ८० क्षेप्यास्त्रमध्ये अधिकांश इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको इजरायलले दाबी गरेको छ । केही क्षेप्यास्त्र भने इजरायली जमिनमा खसेका थिए । केही इरानी क्षेप्यास्त्र इजरायलको सैन्य अखडामा खसेका भए पनि सामान्य क्षति मात्रै पुगेको आईडीएफका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । क्षेप्यास्त्रबाट वेस्ट ब्यांकमा एक जना प्यालेस्टिनीको ज्यान गएको र इजरायलमा दुई जना घाइते भएका थिए ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने इरान र त्यस क्षेत्रको शान्ति र सुरक्षाका उद्देश्यले मंगलबार इजरायलमाथि आक्रमण गरिएको र यो आफ्नो देशको अधिकार भएको बताएका छन् । उनले नेतान्याहुलाई सम्बोधन गर्दै भनेका छन्, ‘इरानले आफ्नो सैन्य क्षमताको सामान्य झलक मात्र देखाएको हो । इरानसँग युद्ध उन्माद छैन, तर जुनसुकै खतराविरुद्ध खडा हुने शक्ति छ, यो इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्छ ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ताले इरानले आफ्नो सैन्य कारबाही पूरा गरेको तर इजरायलले जबाफी कारबाही गरेमा थप आक्रमण गर्ने चेतावनी दिएका छन् । अमेरिकासहित इजरायलका साझेदारले भने इरानका कारण दसौं लाख मानिस बंकरमा जानुपरेको भन्दै निन्दा गरेका छन् । इजरायलमा भएको आक्रमणको समर्थनमा इरानी सडकमा प्रदर्शन पनि भएका छन् । इरानले क्षेप्यास्त्रहरू प्रहार गरेसँगै तेहरानका सडकमा स्थानीयले खुसीयाली मनाएका थिए । उनीहरूले इरान र हेजबुल्लाहका झन्डाका साथै गत शुक्रबार इजरायली हवाई आक्रमणमा मारिएका हेजबुल्लाह प्रमुख हसन नसरल्लाहको तस्बिर बोकेका थिए ।

इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलप्रति अमेरिकाको साथ रहेको दोहो¥याएका छन् । उनले तेहरानको आक्रमणलाई विफल तुल्याउन अमेरिकी सेनाले इजरायलसँग मिलेर काम गरिरहेको बताएका छन् । यद्यपि इरानको आणविक भट्टीमा प्रहार गरेर अमेरिकाले समर्थन नगर्ने सन्देश पनि उनले दिएका छन् ।

इरानी आक्रमणबारे बेलायती प्रधानमन्त्री किअर स्टार्मरले जर्मन चान्सलर ओलाफ सोल्जसँग संवाद गरेका छन् । दुवै नेताले इरानी आक्रमणको निन्दा गरेको बेलायती प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा छ । फ्रान्स र जापानले पनि इरानी आक्रमणको निन्दा गरेका छन् । तर उनीहरूले तनाव चर्काउने कुनै काम नगर्न दुवै पक्षसँग आग्रह गरेको बीबीसीले जनाएको छ ।

युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघले युद्धविरामको माग दोहो¥याएका छन् । इजरायलले भने इरानले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणको स्पष्ट शब्दमा निन्दा गर्न नसकेको भन्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले भनेका छन्, ‘महासचिव गुटेरेस इजरायलविरोधी हुन् । उनले आतंकवादी, बलात्कारी र हत्याराहरूलाई समर्थन गर्दै आएका छन् । गुटेरेसलाई आगामी पुस्ताले राष्ट्रसंघको इतिहासमा दागका रूपमा सम्झिनेछन् ।’ महासचिव गुटेरेसले मध्यपूर्वमा विस्तार हुँदै गएको द्वन्द्वको निन्दा गर्दै युद्धविरामका लागि मंगलबार पनि आह्वान गरेका थिए ।

ध्भकत ब्कष्ब यल तजभ दचष्लप या धबचत्यस्तै, रुसले पश्चिम एसियामा विकसित घटनाक्रम ‘भयानक दिशातर्फ अघि बढिरहेको’ टिप्पणी गरेको छ । इजिप्टको मन्त्रिपरिषद्ले पनि दक्षिणी लेबनानमा इजरायलले गरेको अतिक्रमणको निन्दा गरेको छ । त्यस्तै यमनी सशस्त्र समूह हुथीले इजरायलविरुद्ध आक्रमण गर्न तयार रहेको चेतावनी दिएको छ । यमनको सशस्त्र समूह हुथी इरान नेतृत्वको ‘एक्सिस अफ रेसिस्टेन्स’ को महत्त्वपूर्ण अंग हो । ‘एक्सिस अफ रेसिस्टेन्स’ मा सिरिया, हेज्जबुल्लाह र प्यालेस्टिनका विभिन्न विद्रोही समूह छन् । हुथी समूहले हाल यमनी राजधानी साना र उत्तर–पश्चिमी भूभागमा नियन्त्रण कायम गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकार भने दक्षिणी बन्दरगाह सहर अदेनमा सीमित छ ।

अघिल्लो वर्ष अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि नै लेबनानको हेज्जबुल्लाह र यमनको हुथी समूह इजरायल र निकट सहयोगी अमेरिका, बेलायतलगायतका पश्चिमा मुलुकप्रति आक्रामक छन् । प्यालेस्टिनी विद्रोही समूह हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार २ सय जनाको मृत्यु भएको थियो । त्यसका साथै, आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो ।

ध्भकत ब्कष्ब यल तजभ दचष्लप या धबचइजरायल र इरानले गत अप्रिलमा पनि एकअर्काविरुद्ध आक्रमण गरेका थिए । अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसस्थित इरानी महावाणिज्यदूतको कार्यालय परिसरमा बम आक्रमण गर्दा केही इरानी अधिकारीको ज्यान लिएको थियो । प्रतिक्रियामा इरान र सहयोगीहरूले इजरायलसँग सम्बन्धित पानीजहाज ‘एएससी एरिज’ नियन्त्रणमा लिएका थिए । त्यस्तै अप्रिल १३ मा इरानले इजरायलमाथि करिब तीन सय क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यतिबेला इजरायलसहित अमेरिका, बेलायत, फ्रान्स मिलेर इरानी क्षेप्यास्त्र निष्क्रिय पारेका थिए । अप्रिलमा प्रहार गरिएका सबै क्षेप्यास्त्र असफल बनाइए पनि मंगलबार प्रहार गरिएका कैयौं क्षेप्यास्त्र इजरायली भूमिमा खसेका छन् ।

गत अप्रिलमा भएको आक्रमणको जवाफमा इजरायलले सांकेतिक प्रत्याक्रमण मात्रै गरेको थियो । त्यसको अर्थ उसले इरानसँग सोझै तनाव चर्काउन नचाहेको देखिन्थ्यो । तर जुलाई ३१ मा प्यालेस्टिनी समूह हमासका नेता इस्माइल हनियाह मारिएपछि तनाव थप चर्केको हो । हनियाह तेहरानमा रहेकै बेला इजरायली आक्रमणमा मारिएका थिए ।

गाजामा सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएपछि हेज्जबुल्लाहले लेबनानबाटै इजरायली भूमिमा रकेट प्रहार गर्दै आएको थियो । दुई साताअघि हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने पेजर तथा वाकीटकीहरू विस्फोट भएका थिए । ती घटनामा लेबनानमा ३७ जनाको ज्यान जानुका साथै ३ हजार ५ सयभन्दा बढी घाइते भएका थिए । हेजबुल्लाहले ठूलो क्षति बेहोर्नुपरेको विस्फोटका लागि इजरायल जिम्मेवार भएको ठानिएको छ ।

तर गत शुक्रबारको इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएपछि भने दुई पक्षबीच युद्धको अवस्था उत्पन्न भएको हो । दक्षिणी लेबनानको दहियास्थित हेजबुल्लाहको मुख्यालयमा आईडीएफले गरेको आक्रमणमा नसरल्लाह मारिएका हुन् । १९९२ मा मुसावीको हत्या भएपछि नसरल्लाह हेजबुल्लाह प्रमुख भएका थिए । हेजबुल्लाहको राजनीतिक र सैन्य शक्ति स्थापित गर्न नेतृत्व गरेका नसरल्लाहको इरानी नेता आयातोल्लाह अलि खोमेनीसँग निकट थिए । नसरल्लाह मारिएको भोलिपल्ट आईडीएफले शनिबार गरेका आक्रमणमा हेजबुल्लाहको दक्षिणी मोर्चाका कमान्डर नबिल क्वाउक र कमान्डर अलि कराकीको ज्यान गएको छ ।

यसैबीच, आईडीएफले बुधबार गाजा क्षेत्रमा पुनः आक्रमण गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार खान युनिस क्षेत्रमा भएको आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ६० जनाको ज्यान गएको छ । प्यालेस्टिनी समूह हमास र हेज्जबुल्लाहबीच सहकार्य रोक्ने रणनीतिअन्तर्गत आईडीएफले गाजामा आक्रमण गरेको ठानिएको छ । तर, आक्रमणमा सर्वसाधारण मारिएका छन् ।

खान युनिस क्षेत्रको किजान अन–नज्जरका एक व्यक्तिले आफ्नी श्रीमती र छोरी घाइते भएको बताएका छन् । ‘म मुस्किलले बाँच्न सफल भए । छोरी घाइते भएकी छन् । त्यस्तै टाउकोमा गम्भीर चोट लागेकाले श्रीमतीको आँखाको ज्योति गुम्न सक्ने डर छ,’ उनले भनेका छन् । विस्थापितहरूले आश्रय लिइरहेको अल–फारास्थित विद्यालय र अनाथालयमा समेत आईडीएफले आक्रमण गरेको छ । इजरायली सेनाले भने ती स्थानमा हमासका कमान्डर तथा सदस्यहरू बसिरहेकाले आक्रमण गरेको दाबी गरेको छ । यसबारे हमासले भने कुनै प्रतिक्रिया जनाएको छैन । पछिल्लो आक्रमणसँगै इजरायलले एक वर्षको अवधिमा गाजामा गरेका आक्रमणमा ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय ८९ पुगेको छ । आक्रमणका कारण ९६ हजार ६ सय २५ घाइते छन् ।

त्यस्तै, बुधबार नै आईडीएफले सिरियाको राजधानी दमास्कसमा समेत हवाई आक्रमण गरेको छ । हेजबुल्लाह र इरानी सुरक्षा अधिकारीबीच बारम्बार भेटवार्ता हुने आवासीय भवनमा गरिएको आक्रमणमा तीन जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img