काठमाडाैँ,प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिराेकाे विपदमा सरकार भन्दा सक्रिय देखिएका छन्। विपदमा केपी अाेली सरकारकाे उदासिनताका बेला सरकारलाइ दवाफ दिने देखि प्रभावित क्षेत्रकाे अवलाेकन तथा पीडितहरूलाइ भेटघाटमा व्यस्त छन्। विपद लगत्तै भातृसंगठन वाइसियललाइ मैदानमा उतार्ने देखि सम्वन्धित क्षेत्रका सांसदहरूलाइ मैदानमा उतारेका छन्। शुक्रवार यातायात व्यवसायीलाइ भेटेर मानवियता देखाएर यातायातकाे सुविधा जनतासम्म पुर्याउन समेत अनुराेध गरेका छन्। उता सरकारले भने अहिलेसम्म पीडितकाे दैलाे पुगेर राहत दिने कुनै सुरसार देखाएकाे छैन।
यस वर्षको बाढी र पहिरोबाट सिन्धुपाल्चोक पनि अति प्रभावित छ । सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रका संघीय जनप्रतिनिधि मतदातासँगै छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माधव सापकोटा पहिरो पन्छाउने, प्रभावितको व्यवस्थापन गर्ने, राजमार्ग खुलाउने लगायत काममा व्यस्त रहेको बताउँछन् ।विपद्का बेला संघीय जनप्रनिधिको उपस्थितिले एकीकृत रूपमा उद्धार र व्यवस्थापनको कार्य गर्न सहज भएको अर्का सांसद सापकोटाको अनुभव छ ।
‘ब्युरोक्रेसीको आफ्नो च्यानल हुन्छ । सडक, पुल भत्किएपछि कसलाई भन्ने, के गर्ने भन्ने प्रक्रिया हुन्छ’ उनले भने, ‘तर, हामीले फिल्डबाटै कार्यालय प्रमुखसँग समन्वय गरेपछि काम छिटो हुँदोरहेछ ।सांसद सापकोटाको अनुभवमा ह्युम पाइपदेखि अन्य निर्माण सामग्री जुटाउन निजी क्षेत्रसँग समन्वय गर्न पनि विपद्को बेला सांसदले प्रभावकारी समन्वय गर्न सक्छन् । ‘फिल्डमा पुगेर ह्युम पाइप चाहियो, अन्य सामान चहियो भन्दा दबाब हुन्छ, सरकारसँग नभए निजी क्षेत्रले पनि उपलब्ध गराउँछन् र एकीकृत रूपमा काम हुन्छ’, उनले भने ।
सांसद सापकोटाले अहिले राजमार्ग खुलाउने, मृतकको पोस्टमार्टम गराउने र अरु प्रतिकार्यका काममा समन्वयका काममा केन्द्रित रहेको जानकारी दिए ।पहिरोबाट निकालिएका १० शव नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको र चार वटा शव स्थानीय स्तरमा उपलब्ध डाक्टर मार्फत पोस्टमार्टम गराएर अन्त्येष्टिको व्यवस्था गरिएको उनले सुनाए ।
स्थानीय सरकारले संघीय जनप्रतिनिधिको साथ पाउँदा विपद् व्यवस्थापनमा सहज महसुस गर्ने गरेको सांसद सापकोटाको अनुभव छ । विपद्पछि समेत प्रभावितको लागि दीर्घकालीन काम गर्नुपर्नेमा उनको जोड छ ।‘पाकेको धानबाली भित्र्याउन भकारी र धोक्रो ठिक पारेर राखेको नागरिकको धानबाली बगरमा बदलिएको छ, अब खेतीयोग्य जमिन पनि बाँकी रहेन’ उनले भने, उहाँहरूलाई कति पीडा होला, यो पीडामा काम गर्नुपर्नेछ ।’
संघ र प्रदेश सरकारले तत्कालका लागि घोषणा गरेका राहतको सदुपयोग होस् र बढी प्रभावित पहिलो प्राथमिकतामा परून् भनेर चनाखो रहेको सांसद सापकोटाले सुनाए । उनी विदेश भ्रमण रद्द गरेर विपद्का बेला नागरिककहाँ गएको दाबी गर्छन् ।सांसद सापकोटा सहित विभिन्न राजनीतिक दलका नेताहरूलाई यही असोज १४ र १५ गते एउटा सम्मेलनमा सहभागिताका लागि बेलायत आमन्त्रण गरेको थियो । तर, बाढी र पहिरोले आफ्नो निर्वाचन क्षेत्र प्रभावित भएपछि भ्रमण रद्द गरेको सापकोटाले जानकारी दिए ।
राजमार्ग खुलाउँदै लेखनाथ
सिन्धुलीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लेखनाथ दाहालले अविरल वर्षाले अवरुद्ध गरेका र भत्काएका सडक खुलाउने कार्यमा लगिरहेको जानकारी दिए । ‘पहिलो प्राथमिकता आवतजावतका लागि सडकमार्ग खुलाउनु हो, यसैका लागि समन्वय गर्ने र पहल लिने काममा छु’ उनले भने, ‘तीनवटै तहको सरकारसँग समन्वय गरेर निजी क्षेत्रका साथीहरू र नेपाली सेनाको सहयोगमा काम भइराखेको छ ।’
दाहालका अनुसार बीपी राजमार्ग अन्तर्गत नेपालथोक धुलिखेल सडक खण्डको सिन्धुलीतर्फको नेपालथोक, आपघारी, देवीस्थान, सिमाना खण्डको वैकल्पिक बाटो निर्माण भइराखेको छ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाढी बजारबाट सोलाभन्जाङ, खनियाँखर्क, खुर्कोट, खाल्टे, रामटार हुँदै नेपालथोकसम्मको राजमार्ग सुचारु भएको छ ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गढी दरबारदेखि चपौली, नागी हुँदै मझुवा गैरीगाउँसम्मको अवरुद्ध सडक खुलेको छ । सांसद दाहालका अनुसार खुर्कोटमा तत्काल बेलिब्रिज जडान कार्य सुरु भएको छ । यसका लागि स्थानीय सरोकारवालाहरू, प्रदेश र संघीय सरकारको समन्वयमा काम सुरु भएको छ ।
‘खुर्कोटमा बेलिब्रिज १५÷२० दिनमा बनेर संचालनमा आउने विश्वास छ’ दाहालले भने । सिन्धुलीको खुर्कोटको पुल सुनकोशी नदीले बगाउँदा आवतजावत बन्द भएको छ । पुल भत्किंदा स्थानीय लगायत पूर्वका लाखौं नागरिक चाडपर्वको मुखमा प्रभावित भएका छन् । ‘राजमार्ग खुलेपछि धेरै सहज हुने भएकाले म राहत, उद्धारका साथसाथै राजमार्ग खुलाउन केन्द्रित छु’ उनले भने ।
सांसद दाहालले विपद् व्यवस्थापनका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा काम गर्नुपर्ने र यसका लागि तीनवटै सरकारसँग समन्वय गरिरहेको सुनाए ।उनका अनुसार वर्षाले यसपटक सबैभन्दा बढी प्रभावित गरेको सिन्धुलीको नेपालथोक, मूलकोट र खुर्कोट हो । पर्यटक हब नै रहेको मूलकोटमा करोडौं लगानीका रिसोर्टहरू पुरिएका छन् । सुनकोशी आसपासको १५०० बिघा खेतीयोग्य जमिन बगाएको दाहालले बताए । ‘यसका अलावा कोशी र रोशीले समेत खेतीयोग्य जमिन बगाएको छ’ उनले भने ।पीडित र प्रभावितका लागि गाउँपालिकाले राहतका प्याकेजहरू ल्याएका छन् । यसअघि मेस चलाएर प्रभावितलाई खुवाइएको थियो ।
सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा विपद् प्रतिकार्य र प्रतिलाभ कार्यमा समन्वयकारी भूमिकामा देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा ललितपुर–३ बाट निर्वाचित सांसद तोसिमा कार्की हरेक दिन बाढी प्रभावित क्षेत्रमा पुग्छिन् । पीडितको अवस्था बुझ्छिन् र व्यवस्थापनका लागि सम्बन्धित निकायमा खबर पु¥याउँछिन् ।
जनप्रतिनिधिहरूको उपस्थिति र समन्वयकारी भूमिकाले पनि पीडित नागरिकले राहत महसुस गर्ने र प्रतिकार्यमा सघाउने डा. कार्कीको अनुभव छ ।‘सम्बन्धित निकायलाई भनिदिंदा, समन्वय गर्दा मात्रै पनि धेरै फरक पर्दोरहेछ’ उनी भन्छिन्, ‘खाद्यान्न, आवास, खानेपानी जस्ता तत्कालका आवश्यकता पूर्तिमा सहज हुनुका साथै नीति र दीर्घकालीन कार्ययोजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरू पनि बोध हुँदोरहेछ ।’ कार्कीका अनुसार नख्खु खोलाको बाढीसँगै चोभारको डाँडाबाट फर्किएर आएको फोहोर आदिनाथ मार्गमा थुप्रिएर फोहोरको सानोतिनो पहाड नै बनेको छ ।सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माधव सापकोटा पहिरो पन्छाउने, प्रभावितको व्यवस्थापन गर्ने, राजमार्ग खुलाउने लगायत काममा व्यस्त रहेको बताउँछन् ।
सिन्धुपाल्चोक–२ बाट निर्वाचित मोहनबहादुर बस्नेत बिहानदेखि साँझसम्मै प्रभावित नागरिकहरूसँगै छन् । ‘अविरल वर्षापछिको बाढीपहिरोले धेरै नै जनधनको क्षति भयो, म फिल्डमै छु, घाइतेहरूको खोज र उद्धार कार्यमा आफ्नो ठाउँबाट काम गरिरहेको छु । सांसद बस्नेतले तत्कालका लागि खाद्यान्नको जोहो गर्नेदेखि पहिरो हटाउन डोजर लगायतका कार्यको व्यक्तिगत रूपमा पहल लिएर समेत काम गरिरहेको जानकारी दिए । उनले बाढीपहिरोमा परी मृत्यु भएका सिन्धुपाल्चोकका मृतकका परिवारलाई प्रति मृतक परिवार राहत स्वरूप ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । यो रकम स्थानीय तह मार्फत दिइने उनले जानकारी दिए । विपद्का बेला संघीय जनप्रनिधिको उपस्थितिले एकीकृत रूपमा उद्धार र व्यवस्थापनको कार्य गर्न सहज भएको अर्का सांसद सापकोटाको अनुभव छ।