spot_img

दसैंमा विपन्न,बाढीपहिरो पीडितलाई थप पीडा हुने गरी तडरभडक गरेर नमनाउन प्रमुख तीन दलको निर्देशन

spot_img

काठमाडौँ — प्रमुख तीन दलले बाढी, पहिरोपीडितलाई थप पीडा हुने गरी दसैंलक्षित शुभकामना कार्यक्रम नगर्न तल्ला समितिलाई निर्देशन दिएका छन् ।एमाले र माओवादी केन्द्रले तल्ला समितिलाई लिखित सर्कुलरबाट र कांग्रेसले सय दिने अभियानमा जोडेर दसैंको मुखमा ठूलो धनजनको क्षति भएकाले सुखद दसैं नभएको जनाएका छन् । तीनै दलले बाढी पहिरोका कारण २ सय ५० भन्दा बढीका दुःखद् निधन र ठूलो भौतिक क्षति भएको भन्दै पीडितलाई दुःखमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले यो दुःखद् घडीमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।

तीनै दलले बाढी, पहिरो प्रभावित क्षेत्रमा पीडितको दुःखमा साथ दिन र अरु क्षेत्रमा दसैंमा स्थानीय रुपमा छलफल गर्न भनेका छन् । उनीहरुले जनताका सुख दुःखमा सहभागी हुनु पार्टीका नेता तथा कार्यकर्ताको कर्तव्य भएको भन्दै गाउँ गएको अवसरमा जनसम्पर्क बढाउन निर्देशन दिएका हुन् ।

एमाले महासचिव शंकर पोखरेलले नेपाली हिन्दूहरुको महान् चाड दसैंको मुखमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा आएको बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याएको उल्लेख गर्दै पीडितको दुःखमा सहभागी हुन सर्कुलर गरेका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन पनि आग्रह गरेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गाउँ जाने नेता, कार्यकतालाई जनताको दुःखमा सहभागी हुन सर्कुलर जारी गरेको बताए ।

’दसैंको मुखमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति पु¥याएको क्षेत्रमा दसैंको बेलामा समेत राहत उपलब्ध गराउन, घरबास क्षति पु¥याएको क्षेत्रमा दसैं मनाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ,’ उनले भने, ’सामान्य अवस्थामा रहेका क्षेत्रमा दसैंको अवसरमा जनतासँग सम्वाद गर्न भनिएको छ ।’ उनले दसैंको मुखमा भएको धनजनतको क्षतिलाई ध्यान दिंदै ठूला शुभकामना आदानप्रदान कार्यक्रम गर्न उचित नभएको बताए । उनले जिल्ला र स्थानीय कमिटीले स्थानीय विशेषताअनुसार दसैंमा कार्यक्रम गरिरहेको बताए । ’परम्परालाई निरन्तर दिंदै दसैंलाई पनि राजनीतिक हिसाबले मनाउन सकिन्छ,’ उनले थपे ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं खल्लो भएको भन्दै सकारले राहत दीर्घकालीन पुनर्वासको काम जारी राखेको बताएका छन् । ’यसपाली अविरल वर्षाका कारण हाम्रो दसैं खल्लो हुन पुग्यो । बाढी पहिरोले दुई सयभन्दा बढीको ज्यान गयो, कयौं घाइते हुनु भएको छ, घरबारविहीन हुनुभएको छ,’ उनको भनाइ छ, ’उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्वासको काम गरिरहेका छौं ।’ कांग्रेसले स्थानीय जनसम्पर्क बढाउन उद्देश्यले सुरु गरेको सय दिने अभियानसँगै जोडेर नेता तथा कार्यकर्तालाई दसैंको अवसरमा जनताका सुख, दुःखसँग जोडिन आग्रह गरेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।

’पार्टी र जनताबीच गहिरो सम्बन्ध भएकाले दसैंको मुखमा दुःख परेका जनतालाई राहत र अन्य सहयोग गर्न आवश्यक छ । त्यहाँ नेता कार्यकर्ता पीडितको घरमा पुग्ने गरी आग्रह गरिएको छ,’ उनले भने, ’अरु उल्लासमय तरिकाले दसैं मनाइरहेका ठाउँमा नेता तथा कार्यकर्ता दसैंको उत्सवका रुपमा सहभागी हुनेछन् ।’ उनले कांग्रेस विगतदेखि नै ठूला चाडपर्वमा जनताको भावनासँग जोडिएको उल्लेख गर्दै यसपटकको ठूलो धनजनको क्षति भएकाले उल्लासमय तरिकाले मनाउन नसकिने बताए ।

माओवादीले लिखित रुपमै शुभकामना आदानप्रदान कार्यक्रम नगर्न निर्देशन दिएको छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दसैंको मुखमा आएको बाढी, पहिरोले मुलुकका विभिन्न सहरबाट गाउँ जान सहज नभए पनि जोखिम मोलेर धेरै नेता तथा कार्यकर्ता गाउँ गएकाले जनभेटघाट गर्न निर्देशन दिइएको बताए । उनले बाढी, पहिरोले हजारौं व्यक्तिको दसैं उत्सवका रुपमा नभई कष्टका रुपमा रहेको बताए । ’दुःखमा परेको जनतालाई साथ दिन लिखित सर्कुलर गरेका छौं,’ उनले भने, ’सामान्य अवस्थामा रहेका गाउँहरुमा दसैंको माहोलमा जनभेटघाट गरी सुझाव लिन निर्देशन छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाढी, प्रभावित क्षेत्रमा दसैं मनाउने अवस्था मिलाउन निर्देशन दिएका छन् । ’यो वर्ष दसैंको पूर्वसन्ध्यामा प्राकृतिक विपतको सामना गर्नुपरेको छ,’ उनले भनेका छन्, ’पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाएर सबैले दसैं मनाउने अवस्था सिर्जना गरौं ।’ माआवादीको सर्कुलरमा बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥याएकाले शुभकामना आदानप्रदान कार्यक्रम नगर्न भनिएको छ ।

’गत असोज १० देखि १२ गतेसम्म देशभर परेको अविरल वर्षाको कारणले ठूलो धनजनको क्षति भएकोले यस वर्ष विगतका वर्षमा मनाउने गरिएको चाडपर्वलक्षित शुभकामना आदानप्रदानका कार्यक्रम नगर्ने,’ दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरेको कार्यक्रममा भनिएको छ, ’सम्पूर्ण पार्टीपंक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित गर्ने । चाड पर्वका समयमा जनभेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img