रूपक यात्री,फाेक्सुण्डाे
डोल्पा जिल्लाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुन्डो ताल। छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल। बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा सजिन्छ ताल। काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ। यसको अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर। ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ। ३,५८९ मिटरकाे उचाइमा अवस्थित फाेक्सुण्डाे ताल हेर्न वर्षेनी हजाराैँ स्वदेश तथा विदेशी पर्यटक पुग्ने गर्छन्। फाेक्सुण्डाे ताल र झरनाका मनमाेहक दृश्यहरूले कसकाे पाे मन नलाेभ्याउ ला र !
कसरी पुग्ने ?
काठमाडौंबाट नेपालगन्जसम्म (मोटरमार्ग वा हवाईमार्ग) बाट पुग्न सक्नुहुन्छ। नेपालगंजबाट डाेल्पा प्लेन वा माेटरबाटाे बाटै डाेल्पा पुगिन्छ। फाेक्सुण्डाे ताल जाने तपाइकाे यात्राकाे पहिलाे दिन सुलिगाड से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै कागनी वा छेप्का गाउँसम्म वास हुन्छ।
दाेस्राे दिन विहानै उठेर रेंची गाउँ,तापरिचा स्कुल,झरना हुँदै रिग्माे गाउँ पुग्न सकिन्छ । तालकाे वरीपरि घुम्नलाइ कम्तीमा १ दिन बसेर माथिल्लाे भाग देखि तल्लाे भागसम्म घुम्न सकिनेछ। खान र वस्नकाे कुनै समस्या छैन ताल छेउमा सुविधासम्पन्न हाेटल र क्याम्प गरेर पनि बस्न सक्नुहुनेछ। फाेन र नेटकाे पनि सुविधा रहेकाे छ।
तस्वीरहरू जुफाल विमानस्थल देखि फाेक्सुण्डाे तालसम्मकै सिरियलक्रम अनुसारनै हेर्नुहाेस्।





























