spot_img

नेकपा विभाजनको असरः उपमेयरसहित ओली पक्षका जनप्रतिनिधि नगरसभामा अनुपस्थित

spot_img

काभ्रेको मण्डदेउपुर नगरपालिकाको नगरसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा को केपी शर्मा ओली पक्षका जनप्रतिनिधि अनुपस्थित भएको छ ।
बुधबार बिहान ९ बजेबाट आठौं नगरसभा सुरु गर्ने भनेपनि यो समाचार तयार पर्दासम्म नेपाली कांग्रेस र ओली निकट जनप्रतिनिधी सभास्थलमा नपुेका हुन् । सहभागी एक सदस्यले भने ‘काँग्रेस चाहिँ बैठक सकेर आउने भन्ने सुनेको छु, उपमेयर आउनु भएको छैन । ’

यसबारेमा रातोपाटीले नगरप्रमुख टोक बहादुर वाइवासँग प्रतिक्रिया लिदाँ उनले केहीबेर नगरसभा सुरु हुने बताए । कुन्ताबेशीस्थित एक पार्टी प्यालेसमा नगरसभा आयोजना गरिएको छ । ओली निकटले नगरसभामा सहभागी नहुन उर्दी जारी गरेको प्रचण्ड–माधव पक्षको आरोप छ ।१२ वटा वडा रहेको मण्डनदेउपुर नगरपालिकामा ६ वडाध्यक्ष प्रचण्ड माधव पक्ष, ४ जना काँग्रेसबाट निर्वाचित र २ जना ओलीपक्षमा देखिएका छन् । तर, कतिपय भने पर्ख र हेरको नितिमा देखिन्छन् । नगर उपप्रमुख निर्मला शाहीले भने बिरामीको कारण देखाउँदै नगरसभामा आउन नसक्ने सूचना पठाएको भनिएपनि उनी ओली निकट भएकाले नगएको एक नेताले जानकारी दिएका छन् । नगरप्रमुख वाइवा प्रचण्ड–माधव पक्षको जिल्ला सचिव हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img