२९ पुस, वीरगञ्ज । वीरगञ्जमा चिसोबाट प्रभावित विद्यार्थी तथा थुनुवालाई कम्बल वितरण गरिएको छ । सामाजिक कार्य गर्दै आइरहेको रुँगटा वेयल फेयर सोसाइटीले ५० थान कम्बल वितरण गरेको हो ।
सोसाइटीले वीरगञ्ज महानगरपालिका–१० स्थित ‘आमाको माया’ छात्राबासमा रहेका २५ जना विद्यार्थीका लागि ३० थान, वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरमा रहेको थुनुवा कक्षका लागि १०र१० थान कम्बल वितरण गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल लगायतले विद्यार्थीलाई कम्बल हस्तान्तरण गरेका थिए ।