२९ पुस, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका ८ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् ।
फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई(सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्कीले बताए ।