spot_img

नेकपामा आरोप–प्रत्यारोप तीव्र एकताका लागि अन्तिम दिन प्रयास गर्दा पनि प्रचण्ड गम्भीर देखिनुभएन मुख्यमन्त्री पोखरेल

spot_img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले पार्टी विभाजनबाट रोक्न र राजनीतिक संकट आउनबाट रोक्न अन्तिम दिन गरिएको प्रयासका वेला पनि पुष्पकमल दाहाल प्रचण्ड गम्भीर नदेखिएको आरोप लगाएका छन् ।उनले प्रतिनिधिसभा विघटनका दिन पनि एकताको रक्षाका लागि प्रचण्डकोमा पुगेको र छलफलका क्रममा सहमतिका विभिन्न विकल्पबारे प्रस्ताव राख्दा प्रचण्ड पटक्कै गम्भीर नदेखिएको उनले जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लामो स्ट्याटस लेख्दै उनले प्रचण्डनिकटका नेता जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वसाथ राख्दासमेत प्रचण्डले एकरत्ति पनि सकारात्मकता नदेखाएको जनाएका हुन् ।उनी लेख्छन्, ‘प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ, जनार्दन शर्माको साथमा । त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वसाथ सुझाएको थिएँ । तर, प्रचण्ड कमरेड त्यसप्रति एकरत्ति पनि सकारात्मक देखिनुभएन ।’

‘मेरोतर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनुभएन । उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिबद्ध भइसक्नुभएको रहेछ । उहाँ सहमतिमा होइन, समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदोरहेछ । नेपाली राजनीतिमा हामी त्यसको परिणाम व्यहोर्दै छौँ,’ उनले लेखेका छन् ।उनले पार्टी एकीकरणका वेला दुई अध्यक्ष भावनात्मक रूपमा अघि बढेको र दिइएको सुझाबलाई गम्भीरतासाथ नदिएको पनि जनाएका छन् ।उनले लेखेका छन्, ‘पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा प्रस्तुत गर्नुभो । हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाब दिएका थियौँ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img