नेपाल भारतको संयुक्त आयोगको वैठक सुरु भएको छ ।भारतको नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा वैठक सुरु भएको हो ।वैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले आ–आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् वैठकमा नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको तर्फबाट भारतीय विदेश मन्त्री एस जयशंकरले नेतृत्व गरेका छन् ।
पराष्ट्रमन्त्री ज्ञवाली वैठकमा भाग लिन हिजो बिहीबार काठमाडौबाट नयाँ दिल्ली गएका थिए ।यस भ्रमणलाई लिएर देश भित्र समर्थन र विरोध दुवै पक्षमा आवाज र तर्कहरु आइरहेका छन् ।केहीले देशभित्र उत्पन्न राजनीतिक वातावरणका बीच भ्रमण हुन नहुने तर्क राखेका छन् भने केहीले कोरोना भाइरसको खोपसहित अन्य विषयमा छलफल गर्ने तालिका अनुसार भ्रमण भएको भन्दै समर्थनमा तर्क गरिरहेका छन् ।

















