spot_img

पुनःस्थापना भए संसद बैठक चल्छ अध्यक्ष तिमिल्सिना

spot_img

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय गरे संसद बैठक सुचारु हुने बताएका छन्।‘प्रतिनिधिसभा विघटनको विषय अहिले पनि सर्वोच्चमा विचारधीन छ, त्यसले जे फैसला गर्छ, त्यो फैसला मान्नुपर्ने हामी सबै नेपालीको कर्तव्य हुन्छ’ उनले भने, ‘फैसला आइसकेपछि चुनावमा जाने हो भने चुनावमा जानुपयो, हैन बदर गरिदियो भने संसद बैठकहरु चल्छ।’

शुक्रबार नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। केही राजनीतिक दलहरुले संसद ज्यूँदै रहेको र सभामुखले संसद आह्वान गर्नसक्ने तर्क गरिरहँदा अध्यक्ष तिमिल्सिनाको यो अभिव्यक्ति आएको हो।उनले सर्वोच्चको फैसलापछि के हुन्छ भन्ने विषयमा अहिल्यै अनुमान गर्न नसकिने पनि बताए। पार्टीगत राजनीतिबाट पृथक रहेको जिकिर गर्दै अध्यक्ष तिमिल्सिनाले आफूलाई भने चुनावको पक्षमा उभ्याए।

‘अदालतले चुनाव भन्यो भने, हुँदैन भनेर किन प्रश्न गर्ने?, चुनाव हुनुपर्छ, हुन्छ भन्ने हो’, उनले भने, ‘पहिल्यै आशंका गर्दै गयो भने चुनाव नगराउने अस्थिरता चाहने तत्वहरुलाई नै बल पुग्छ।’ विघटनबारे आ–आफ्ना मत÷अभिमत हुनु अलग कुरा भएको उनको भनाइ थियो।अध्यक्ष तिमिल्सिनाले नेपाली जनताले इतिहासै लोकतान्त्रिक सरकारले आफ्नो कार्यकाल पूर्ण रुपले बिताएको देख्न नपाउनु विडम्बनापूर्ण रहेको पनि बताए। यसो भनिरहँदा उनले स्थिर सरकारको प्रावधान संविधानमै व्यवस्था भएको तथ्य भने कोट्याएनन्।

अध्यक्ष तिमिल्सिनाले एमाले र माओवादी केन्द्र नमिलेको भए केही फरक नपर्ने उल्लेख गर्दै अहिले फुटको संघारमा पुग्नु राष्ट्रको हितमा नभएको जिकिर पनि गरे।‘संविधान निर्माणपछिको चुनावमा नेकपा एमाले र माओवादी केन्द्र मोर्चा बनाएर जाँदा झण्डै दुई तिहाई मत आयो, त्यो स्थिरताको लागि थियो’, उनले भने,‘ तर, त्यो स्थिरता नेकपाले दिन सकेन।’उनले जनताको अभिमतलाई कदर गर्न नेताहरु चुकेको जिकिर गर्दै भने, ‘यस्ता कुरामा इतिहासले हामीलाई माफी दिँदैन, अझै पनि सपार्ने कुरा हुनसक्छ।’

 

मिडिया काउन्सिल विधेयक आफ्नो कार्यकालको विवादित विधेयक भएको स्वीकार्दै उनले त्यसलाई पनि छलफलपछि राम्रो बनाएको बताए।

उनले संसद विघटन भएकाले विधेयकको काम फेरि थाल्नुपर्ने अवस्था आएको बताए। विधेयक दुबै सदनबाट पारित गर्नुपर्ने भएकाले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका सबै विधेयक शून्य अवस्थामा पुगेको उनले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img