spot_img

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक

spot_img

नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् । बैठक शुक्रबार हैदराबाद हाउसमा बस्दै छ।भारत भ्रमणमा जाने क्रममा बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । तस्बिर ः रोशन सापकोटारराससभारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार उच्च राजनीतिक नेताहरूसँग भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच शुक्रबार बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ ।

नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड– १९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । संयुक्त आयोगको बैठकका एजेन्डा तय गर्न नेपाल र भारतका परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखहरूबीच बुधबार र बिहीबार छलफल भएको थियो ।नेपालबाट परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमाल र भारतबाट उत्तरी डिभिजन प्रमुख अरिन्दम बाग्चीबीच आयोगको बैठकका एजेन्डाबारे छलफल भएको कूटनीतिक स्रोतले जनाएको छ । त्यसका लागि हमाल केही दिनदेखि दिल्लीमा छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुनुका साथै यसअघि उच्च तहमा भएका समझदारी कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा हुने नेपाली अधिकारीहरूले जनाएका छन् ।

त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ । भारतले नेपाललाई दिने कोभिड– १९ विरुद्धको खोप अनुदान पनि शुक्रबार घोषणा गर्ने कार्यक्रम छ । ‘नेपाल–भारत द्विपक्षीय साझेदारीका समग्र पक्षमा उच्च राजनीतिक तहमा समीक्षा हुन्छ र दुई देशबीच विद्यमान विशेष र विशिष्ट सम्बन्ध थप सुदृढ गर्न संयुक्त आयोगले राजनीतिक मार्गदर्शन उपलब्ध गराउनेछ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।सुरुमा मंसिर अन्तिम साताका लागि तय भएको संयुक्त आयोगको बैठक नेपालमा राजनीतिक अन्योलका कारण पछि सरेको थियो । आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । परराष्ट्रमन्त्री ज्ञवालीलाई ११ मंसिरमा भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगलाले निमन्त्रणा गरेका थिए ।

दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल हुने यो संयन्त्र ३३ वर्षदेखि कायम छ । हालसम्म आयोगका जम्मा पाँचवटा मात्रै बैठक भएका छन् । पाँचौँ बैठक गत वर्ष ४ भदौमा काठमाडौंमा भएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी डा. सुब्रमण्यम जयशंकरले बैठकको नेतृत्व गरेका थिए । त्यस्तै, आयोगको चौथो बैठक १८ असोज ०७३ मा दिल्लीमा, तेस्रो बैठक १९ असार ०७१ मा काठमाडौंमा, दोस्रो बैठक १६ मंसिर ०४८ मा दिल्लीमा भएको थियो । संयुक्त आयोगको पहिलो बैठक १८ जेठ ०४४ मा काठमाडौंमा बसेको थियो ।राजनीतिक सन्देश आदानप्रदान हुने
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटनपछि नेपालबाट भारत भ्रमणमा रहेका ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुन् ।

भारतबाट प्रतिनिधिसभा विघटनअघि परराष्ट्रसचिव हर्षबर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे, ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र सत्तारुढ भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए । संसद् विघटनपछिको राजनीतिक परिस्थितिबारे उच्च तहमा पहिलोपटक छलफल हुन लागेको हो ।परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाउने कूटनीतिक स्रोतले बतायो । मोदीसँग भेटवार्ताका लागि नेपालका तर्फबाट कूटनीतिक पहल भइरहेको छ । दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार सकारात्मक जवाफ आएको भए पनि बिहीबार अबेरसम्म समय तय हुन सकेको छैन । परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबारै विवेकानन्द इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित प्रवचनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

सीमा बिबादबारे छलफल नहुने भारतको संकेत
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शुक्रबार हुने संयुक्त आयोगको बैठकका सीमा बिबादबारे छलफल नहुने संकेत गरेका छन् । विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बिहीबार आधा दर्जन पत्रकारद्धारा सोधिएको प्रश्नमा प्रवक्ता श्रीवास्तबले यस्तो संकेत गरेका हुन् । उनले अनेकौँ क्षेत्रका द्धिपक्षीय एजेन्डाहरुमा छलफल हुने बताएका छन् । ‘सीमाका विषयमा हाम्रो अडान  पोजिसन सर्वविदितै छ’ प्रवक्ता श्रीवास्तबले भने, ‘संयुक्त आयोगको बैठक र सीमा वार्ता गर्ने दुई बेग्लाबेग्लै संयन्त्र छन् ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img