निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिए ।‘निर्वाचन हुन्छ या हुन्दैन्, भन्ने तिर तपाईंहरु अलमलमा नपर्नुस । सरकारले चुनावको घोषणा गरेको छ,’ गृहसचिव न्यौपानेले भने, ‘सरकारको निर्णय कार्यान्वय गराउनु तपार्इं हाम्रो अठोट हो, काम हो । रतिभर संशय नलिएर काम थाल्नुस ।’

मन्त्रालयले सुरक्षा महाशाखा प्रमुखको अध्यक्षतामा डीआईजीहरु, एसएसपीहरु र नेपाली सेनातर्फ महासेनानी सम्मेलित केन्द्रीय निर्वाचन सुरक्षा योजनासमेत तयार गरेर काम थालिएको गृहसचिव न्यौपानेले बताए ।उनले कर्णालीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका गतिविधिहरु बढेको र यसका गतिविधिहरु पूर्णरुपमा रोक्नेगरी काम गर्नसमेत निर्देशन् दिए ।बैठकमा सुर्खेतसँग सीमा जोडिएका तीन प्रदेशका ६ जना प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले सुरक्षा व्यवस्थामा कडाइ गरेकै कारण विप्लवका गतिविधिमा कमी आएको गृहसचिवलाई रिपोर्टिङ गरेका थिए ।

बैठकमा सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै कर्णाली प्रदेश प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखको समेत सहभागिता रहेको थियो ।शनिबार सुर्खेत पुगेका गृहसचिव न्यौपानेले सुर्खेत कारागारको निरीक्षण, जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवन शिलान्यास, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको भवन उद्घाटनसमेत गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी, एक वर्षअघि भएको  बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको...

निर्देशन कार्यान्वयन गराउन संसद आफैं क्रियाशील हुनुपर्छः तिमिल्सिना

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशीलता देखाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको तीन वर्षको सन्दर्भमा राष्ट्रियसभाको...

प्रधानमन्त्रीलाई बिदा गर्ने तर्फ काँग्रेस लाग्नुपर्छ ः गगन थापा

सर्लाही,  नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्ने तर्फ काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार बिहान...

आज निर्वाचन आयोग जाने कार्यक्रम छैन– प्रचण्ड माधव पक्ष

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूह पार्टी आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग नजाने भएको छ ।अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -