spot_img

देशलाई निरंकुशताको ठाउँमा डरलाग्दो षड्यन्त्रविरुद्ध आक्रामक आन्दोलन गर्नुपर्छ प्रचण्ड

spot_img

नेपाल कम्युनिस्ट पार्टी  नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा डरलाग्दो षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधवपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले डरलाग्दो षड्यन्त्र भएको दाबी गरेका हुन् ।षड्यन्त्रको विरुद्ध आक्रामक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफूहरूले आशंका नगरेको भए पनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्धमा उभिएको बताए । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै खनालले सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागू गरी प्रतिक्रान्ति गरेको जिकिर गरे ।नेकपा नेता भीम रावलले विगतमा भएका विभाजनका शृंखलाहरूलाई समाप्त गर्ने गरी पार्टी एकीकरण भए पनि एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनुबाहेक केही हुन नसकेको टिप्पणी गरे । ओलीले देशलाई स्थायित्व दिन आफैँले गरेको हस्ताक्षरलाई आफैँले निर्लज्ज रूपमा च्यातेर फ्याँकेको रावलको आरोप छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img