प्रथम बेलौरी गोल्डकप खुल्ला फुटबल प्रतियोगिता सूरुद्यथ महेन्द्रनगरपोष्ट माघ ५, २०७७कञ्चनपुर– कञ्चनपुरको बेलौरीमा प्रथम बेलौरी गोल्डकप खुल्ला फुटबल प्रतियोगिता सूरु भएको छ। बेलौरी नगरपालिका वडा १ को आर्थीक सहयोगमा माघ ०३ गतेबाट सूरु भएको गोल्डकप खुल्ला फुटबल प्रतियोगिता माघ २० गते सम्पन्न हुने बेलौरी नगरपालिका वडा नम्बर १ का खेलकुद विकास समिति अध्यक्ष रकम शाहीले बताए।
उनका अनुसार, प्रथम बेलौरी गोल्डकप खुल्ला फुटबल प्रतियोगितामा विजेता टिमलाई १ लाख १६ हजार नगद सहित मेडल, प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै उपविजेता टिमलाई ५५ हजार ५ सय ५५ नगद सहित मेडल, प्रमाण पत्र प्रदान गरिने छ। त्यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, सर्वाधिक गोल गर्ने र उत्कृष्ट गोल रक्षकलाई ३ हजार ५ सय र प्रत्येक म्याचका म्याच अफ द म्यानलाई १ हजार १ सय प्रदान गरिने उनले बताए। जम्मा २१ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सुदुपश्चिम प्रदेश तथा प्रदेश ६ का खेलाडीहरुको सहभागिता रहेको छ।प्रतियोगितामा प्रत्येक दिन २ वटा खेल खेलाइने बताइएको छ। प्रतियोगितामा ६ लाखभन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रका खेलाडीहरुलाई जागरुक पार्ने उद्येश्यका साथ प्रतियोगिता गरिएको अध्यक्ष शाहीले बताए।