ललितपुर,रूपक यात्री
ललितपुरकाे महालक्ष्मी नगरपालिकाको नगरसभाकाे १७ औं अधिवेशन सम्पन्न सम्पन्न भएकाे छ। शुक्रबार नगरपालिकाकाे वडा नम्वर ९ मा पर्ने इन्द्रेणी हाेलिडेज रिसाेर्टमा नगरसभामा सम्पन्न भएकाे हाे। नगरसभाकाे अध्यक्ष नगर प्रमुख हरिगाेविन्द श्रेष्ठ र सचिवकाे भुमीका प्रमुख प्रशासकिय अधिकृत प्रदिप पाैंडेलले गर्नुभएकाे थियाे। नगरसभामा १० वडाका वडा अध्यक्षहरू,कार्यपालिका सदस्य लगाएतका जनप्रतिनिधि र कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे। बर्खा याममा गएकाे बाढी र पहिराेमा परि ७ जना नागरिकले ज्यान गमाएकाेमा दुख व्यक्त गरेकाे थियाे।
नगरसभामा आ.व 2081/82 काे अर्ध वार्षिक प्रगति प्रतिवेनहरू तथा नगरसभामा पेश भएका प्रस्तावहरू
नगरसभामा वन,वातावरण तथा विपद सम्वन्धी प्रतिवेदन वडा अध्यक्ष विजय लामाले प्रस्तुत गर्नुभयाे। यस्तै पूर्वाधार विकास सम्वन्धि प्रतिवेदन वडा अध्यक्ष अमृत खत्रीले,सामाजिक विकास सम्वन्धि प्रतिवेदन वडा अध्यक्ष वाबुराजा महर्जनले,संस्थागत विकास सम्वन्धि प्रतिवेदन वडा अध्यक्ष विश्वराज श्रेष्ठले,न्यायीक समितिकाे प्रतिवेदन वडा अध्यक्ष कपिल केसीले,उपभाेक्ता समितिबाट याेजना संचालन गर्ने सम्वन्धि नीतिगत व्यवस्था वडा अध्यक्ष कुवेर केसीले,राजस्वकाे दररेट संशाेधन सम्बन्धी प्रस्ताव वडा अध्यक्ष धर्म महर्जनले,कर्मचारी दरवन्दी सम्वन्धि प्रस्तावहरू वडा अध्यक्ष धुर्व केशीले,याेजना तथा कार्यक्रम संशाेधन सम्बन्धी प्रस्ताव नगर उपप्रमुख अस्वस्थ रहेकाे कारण कार्यपालिका सदस्य कुमार बयलकाेटीले र धन्यवाद प्रस्ताव वडा अध्यक्ष जयकृष्ण बाेगटीले गर्नुभएकाे थियाे।
माथिका सबै प्रस्तावहरू सर्वसम्मत पारित गर्ने निर्णय भएकाे छ।
नगरसभामा प्रस्तुत भएका प्रतिवेदनका अनुसार आ.व 2081/82 मा कुल विनियाेजित बजेट २ अर्व ११ कराेड ५० लाख ६ हजार मध्ये चालुतर्फ ७७ कराेड २८ लाख ६८ हजार ५ सय ९६ रूपैँया मध्ये पुष महिनासम्मकाे खर्च २५ प्रतिशत रहेकाे र पँजीगततर्फ १ अर्व ३३ कराेड ७१ हजार ३७ हजार ४ सय ४ रूपैयाँ बजेटमा जम्मा खर्चा ८ प्रतिशतमात्र भएकाे उल्लेख छ। दुवै तर्फकाे बजेट अनुपात खर्च जम्मा १५ प्रतिशत मात्र भएकाे नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले नगरसभामा जानकारी दिनुभयाे। उनले थपे नगरकाे संस्थागत विकास,सुशासन र सेवा प्रवाहलाइ चुस्तदुरूस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी दत्तचित्त भएर लागेकाे छाैँ।
विभिन्न शाखामा भएका प्रगति विवरणका केहि महत्वपूर्ण वुँदाहरूः
१.पूर्वाधार विकास तर्फ ठेक्काबाट संचालित ३५ याेजना मध्ये १७ वटा सम्पन्न भएका छन् भने अन्य १८ याेजना ठेक्का प्रक्रियामा गएका छन्। १ सय १९ याेजनाहरू उपभाेक्ता समिति मार्फत सञ्चालनमा छन् जसमध्ये १३ वटा सम्पन्न र अन्य कार्यान्वयनकाे चरणमा रहेका छन्।
२.वातावरण तथा विपद् व्यवस्थापन शिर्षकमा १ कराेड बजेट व्यवस्थापन गरेर बाटी प्रभावित क्षेत्रमा काम भइरहेकाे उल्लेख छ।
३.शिक्षा युवा तथा खेलकुदमा शाखामा व्यवस्था भएकाे बजेटकाे खर्च लगभग ४० प्रतिशत,स्वास्थ्य शाखामा पनि ४० प्रतिशत,सामाजिक शाखामा १ प्रतिशत मात्र भएकाे छ।
४ःयस्तै पशु शाखामा १५ प्रतिशत,सहकारी शाखामा वित्तिय तर्फ १७ र भाैतिक प्रगति २२ प्रतिशत रहेकाे उल्लेख छ। यस्तै कृषी तर्फ ५० प्रतिशत प्रगति भएकाे प्रतिवेदनमा उल्लेख छ।