लुभुको सबैभन्दा पुरानाे निजी विद्यालय नमुना स्कुलले ४२ औँ अभिभावक तथा साँस्कृतिक कार्यक्रम दिवस भब्यरुपमा मनाएकाे छ। शनिबार नमुना स्कुल लुभूको ४२ औं अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम प्रमुख अतिथि बाग्मती प्रदेशका श्रम मन्त्री प्रेमभत्त महर्जनको आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको सभापतित्व संचालिका रिता श्रेष्ठले गर्नुभएकाे थियाे भने विशिष्ट अतिथि वडा अध्यक्ष बिश्वराज श्रेष्ठ,शिक्षा बिकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौर,प्याप्सन केन्द्रिय उपमहासचिव शिव कार्की,प्याब्सनकै केन्द्रिय सचीव रत्न महर्जन,प्याब्सन जिल्ला अध्यक्ष ताराप्रसाद खनाल,प्याब्सन महालक्ष्मी अध्यक्ष मिलन शाक्य,शिक्षक महासंघ महालक्ष्मीका अध्यक्ष मीन अछामि,माओवादी ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेल,महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पाैडेल,तथा साहित्यकार लोकमान मास्के लगायतको उपस्तिथि रहेको थियो।
कार्यक्रमा बाेल्दै संस्थापक प्रन्सिपल कैलाश कुमार मल्लले लामाे समयकाे यात्रामा निकै कठिनाइका बाबजुत विद्यालय संचालन भएकाे र अवका दिनमा अझ राम्राे नतिजा सहित थप परिस्कृत भएर अगाडी बढ्ने अभिभावक समक्ष बचनबद्दता व्यक्त गर्नुभयाे। नयाँ भर्ना शुरू हुनै लागिकाेले कुनै संकाेच नमानेर अाफ्ना नानीबाबुलाइ नमुना स्कुलमा पढाउन मल्लकाे अाग्रह गर्नुभयाे।
कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय प्रमुख प्रशिक्षक उमेश राजखलालाइ २०५२ साल देखि नमूना स्कुलमा प्रशिक्षण गर्दै आएकोले सम्मान गरिएको थियाे। कार्यक्रममा विद्यार्थी,अभिभावकहर,शिक्षक शिक्षिका, विभिन्न विद्यालयका प्रीन्सिपलहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो। १० बजे देखि बेलुका ५ बजे सम्म कार्यक्रम सञ्चालन भएकाे थियाे।