spot_img

( कञ्चनपुरका प्रत्येक स्थानियतहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ।

spot_img

कञ्चनपुर( कञ्चनपुरका प्रत्येक स्थानियतहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुर एवम् स्थानीय तहको समन्वयनमा जिल्ला भरिका प्रत्येक स्थानिय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन हुने भएको हो।माघ १० गतेदेखि २३ गते सम्म परिवार नियोजनको स्थायी बन्ध्याकरण सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। नौ वटा स्थानिय तह रहेको कञ्चनपुरमा माघ १० गते शुक्लाफाँटा नगपालिकाको पिपलाडी स्वास्थ्य चौकी, माघ ११ र १४ गते लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्य चौकी र शंकरपुर स्वास्थ्य चौकी, माघ १२ गते कृष्णपुर नगरपालिकाको कृष्णपुर स्वास्थ्य चौकी, माघ १५र १६ गते पुनर्वास नगरपालिकाको कालीका स्वास्थ्य चौकी र परासन स्वास्थ्य चौकीमा गरिने जनाएको छ।

त्यस्तै, माघ १७ गते बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य चौकी, माघ १८ गते बेलडाँडी गाउँपालिकाको बेलडाँडी प्राथमिक स्वास्थ्य चौकी, माघ १९ गते वेदकोट नगरपालिकाको दैजी स्वास्थ्य चौकी, माघ २१ गते दोधारा चादँनी नगरपालिलकाको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र माघ माघ २२ र २३ गते भिमदत्त नगरपालिकाको जिमुवा स्वास्थ्य चौकी र नेपाल परिवार नियोजन संघमा सञ्चालन हुने बताइएको छ।स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन हुने जनाएको छ। महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img