spot_img

।महिला राष्ट्रिय लिग ः वालिङको टिममा चार क्यामरुनी खेलाडी विराटनगरमा भारतका चार खेलाडी

spot_img

 काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिकारमहानगरपालिकाको टोली छन् ।लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी भित्र्याउन थालेका छन् ।

जसमा स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकन राष्ट्र क्यामरुनबाट चार खेलाडी अनुबन्ध गरेको छ ।वालिङका प्रशिक्षक दिलीप थापाले बुधबार बिहानमात्र चार विदेशी खेलाडी आउने पक्का भएको अनलाइनखबरलाई बताए । ‘हाम्रो टिममा चार क्यामरुनी खेलाडी आउँदैछन् । अरु हाम्रै नानीहरु छन् । छनोट खेलेरै आएको टिम भएकोले राम्रै छ,’ प्रशिक्षक दिलीपले भने, ‘बरु अफ्रिकन खेलाडी कस्ता हुने हुन् थाहा छैन । हामीले पोजिसनमा चाहे अनुसार खेलाडी माग गरेका छौँ ।’

वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडले विभिन्न संघसंस्थाको सहयोगमा विदेशी खेलाडी ल्याउन लागिएको बताए ।‘यसपटक एन्फाले चारजना विदेशी खेलाडी राख्न पाउने व्यस्था गरेकोले अरु टिमले पनि राखे । हाम्रो टिममा पनि विदेशी खेलाडी चाहिन्छ भन्ने खेलाडीको माग भएकोले चार विदेशी खेलाडी राखेका छौँ,’ खाँडले भने, ‘यसका लागि हामीले विभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।’विदेशी खेलाडीको लागि आउने जाने प्लेन खर्च यहाँ एक महिना खेल्दाको खर्च र खाने बस्ने सबै खर्च नगरपालिकाले नै व्यहोर्ने उनले बताए ।

प्रशिक्षक दिलीपले पुरुषको विदेशी खेलाडी ल्याउने एजेन्टहरुमार्फत नै महिला खेलाडी ल्याउन लागिएको जानकारी दिए । विदेशी खेलाडी सुरुआती केही खेल भने गुमाउनेछन् । नेपाल आएपछि उनीहरुको पीसीआर परीक्षण हुनेछ र नेगेटिभ आएपछि मात्र खेल्न पाउनेछन् नेपाल आउन लागेका खेलाडी कुन लेभलका हुन् भन्ने यकिन भएको छैन । यद्यपि क्यामरुन महिला फुटबलको वरीयतामा ५१औं स्थानमा छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले मंगलबार भएको एन्फाको साधारण सभामा क्यामरुनमा चार खेलाडीलाई नेपालमा खेल्न अनुमति प्रदान गरेको जानकारी गराएका थिए ।वालिङले पहिलो खेलमा बिहीबार विराटनगर महानगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।विराटनगरले पनि लिगका लागि चार विदेशी खेलाडी टिममा राखेको छ । टिम म्यानेजर उद्धव अर्यालले भारतका चार खेलाडी टिममा राखिएको अनलाइनखबरलाई बताए ।

‘हाम्रो टिममा झारखण्डबाट ३ र सिक्किमबाट १ जना छन् ।’ अर्यालले भने । सिक्किमका खेलाडी १० दिनअघि र झारखण्डका खेलाडी ५ दिनअघि टिममा समावेश भएरसँगै ट्रेनिङ गरेर काठमाडौं आएको अर्यालले जानकारी दिए ।ती खेलाडीहरुले भारतको राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेको तर राष्ट्रिय टिममा नखेलेका रहेको अर्यालले जानकारी दिए ।वालिङसँगै विराटनगरमहानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डी नगरपालिकाले छनोट चरण पार गरेर राष्ट्रिय लिगमा स्थान बनाएका हुन् । यी चार टिमले तीन विभागीय टिमसंगै लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

उदयपुरको टिमले पनि बंगलादेश र भारतको खेलाडी टिममा राख्ने तयारी गरेको थियो । तर अन्तिम समयमा विदेशी खेलाडी नआउने भएको टिम अफिसियल कुमारी राईले बताइन् ।यस्तै चन्द्रपुल नगरपालिकाका प्रशिक्षक नुर राज काफ्लेले टिममा विदेशी खेलाडी नराखिएको बताए । जिल्लामै पहिले देखि खेलाडीहरु उत्पादन गर्दै आएकोले आफ्नै जिल्लाको खेलाडी नै खेलाउँ भन्ने भएर विदेशी नराखिएको उनले बताए ।नगरपालिकाको टिममा विदेशी खेलाडी राख्दा बलियो मानिएको विभागीय टिमहरुसंग प्रतिस्पर्धात्मक खेल हुने एन्फाको अपेक्षा छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img