spot_img

प्रचण्ड माधव काठमाडौंमा शक्ति प्रदर्शन गर्दैःलाखाैँ कार्यकर्ता सडकमा आन्दोलनमा उत्रने

spot_img

काठमाडौं, प्रतिनिधिसभा विघटनलगत्तै एक महिना अघिदेखि नै देशव्यापी आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव समूहले भोलि (शुक्रबार) राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रचण्ड–माधव समूहले आन्दोलन चर्काउँदै लगे पनि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीचाहिँ सजिलै गल्ने पक्षमा छैनन् । ओलीले आफूविरुद्धको सडक आन्दोलनलाई तमासाको संज्ञा दिँदै भनेका छन्, खुरुखुरु बाटो छाडिन्न !

संसद विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिएको प्रचण्ड–माधव समूहले शुक्रबार राजधानीमा एकीकृत प्रदर्शन गर्ने तयारी गरेको हो । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराई यो जनप्रदर्शनले संविधान जोगाउने र संसद् पुनस्र्थापनाको आधार खडा गर्ने दाबी गर्छन् ।

दोस्रो चरणको संघर्षको कार्यक्रमलाई संशोधन गर्दै माघ ३ को स्थायी कमिटी बैठकले माघ ९ गते सशक्त र एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको थियो । यो समूहका नेताहरुले भोलिको जनप्रदर्शनमा राजधानी भरिभराऊ हुने बताउँदै आएका छन् । जनताका प्रतिनिधिले बनाएको संविधान र जनप्रतिनिधिहरुको संस्था संसद् जोगाउन भोलि जनता स्वयं सडकमा उत्रने भट्टराई बताउँछन् । भोलिको आमसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने भट्टराईले बताएका छन् ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद् विघटनको मुद्दा र निर्वाचन आयोगमा पार्टीको वैधानिकता विवाद चलिरहेकै बेला यो समूहले जनप्रदर्शनबाट आफ्नो तागत देखाउने रणनीति बनाएको देखिन्छ । तथापि माधव नेपाल र प्रचण्डसहितका नेताहरुले यो जनप्रदर्शनबाट अदालत र आयोगलाई दबाव नभई सहजीकरण गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

यसअघि पुस १४ मा उपत्यकाका जनशक्ति सडकमा उतारेको प्रचण्ड–माधव समूहले शुक्रबार भने बागमती, गण्डकी र प्रदेश–२ का केही जिल्लाहरुबाट समेत कार्यकर्ता राजधानी ल्याउनेछन् । प्रदर्शनमा सहभागी हुन धेरैजसो जिल्लाबाट कार्यकर्ताहरु काठमाडौं आइसकेको भट्टराईले बताए । संसद् विघटनको विपक्षमा रहेका राजनीतिक दलहरु, नागरिक समाज, पेशाकर्मीहरुसँग संयुक्त प्रदर्शनको प्रयास गरेको यो समूहले अन्ततः एकल जनप्रदर्शन गर्दैछ । नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको भन्दै संयुक्त प्रदर्शनमा विपक्षी दलहरु तयार नभएपछि यो समूहले एकल शक्ति प्रदर्शन गर्न लागेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img