spot_img

प्रधानमन्त्री ओलीलाई भीम रावलको व्यंग्य ः वनमन्त्रीदेखि तस्कर होइन, रूख र जनावर त्रसित छन्

spot_img

शुक्रबार प्रेस संगठन (कञ्चनपुर) ले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावल।नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड(नेपाल समूह) का स्थायी कमिटी सदस्य डा. भीम रावलले वनमन्त्रीका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध तीखो व्यंग्य गरेका छन्।प्रधानमन्त्री ओलीले आफूले नियुक्ति गरेका वनमन्त्री प्रेम आले मगरबाट यतिबेला वन तस्कर त्रसित भएको भनेर भाषण गरेको भन्दै नेता रावलले यसको उल्टोचाहिँ भएको टिप्पणी गरेका हुन्।

‘प्रधानमन्त्रीले मैले यस्तो वनमन्त्री बनाएको हुनाले त्यहाँ तस्करी गर्नेहरू त्रसित छन् भन्नुभएको छ,’ नेता रावलले भने, ‘तर त्यसको उल्टो वन तस्करहरू खुसी होलान्। यहाँ रूख, वृक्ष र तिनको छहारीमा बस्ने सबै जन्तु, जनावरचाहिँ त्रसित छन्।’वन तस्करी मुद्दामा अदालतबाट ९ लाख धरौटीमा छुटेका मानिसलाई प्रधानमन्त्री ओलीले वन मन्त्रालयको जिम्मेवारी दिएर गलत काम गरेको टिप्पणी गरेका हुन्।

शुक्रबार प्रेस संगठन (कञ्चनपुर) ले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘मलाई लाग्छ, शुक्लाफाँटादेखि लालझाँडीसम्मका रूखहरू एकदम त्रसित छन्।’नेकपाको प्रचण्ड(नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधि सभा भंग गरेको नेता रावलले आरोप लगाए।‘जनताले ५ वर्षका लागि आफ्नो अमूल्य अभिमत दिएर निर्वाचित गरेको प्रतिनिधि सभालाई प्रधानमन्त्रीले संविधान मिचेर, संविधानको धारा ७६ लाई अपव्याख्या गरेर चालिएको संसद विघटनको कदम असंवैधानिक छ,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img