युवती बलात्कारको अभियोगमा प्रहरीले मन्थली नगरपालिका– १० का वडाध्यक्ष भरत बोहरालाई पक्राउ गरेको छ । वडाध्यक्ष बोहराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाइफकाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा रामेछाप प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित युवतीले आफूलाई वडाध्यक्ष बोहराले जबर्जस्ती करणी गरेको भन्दै महानगर प्रहरी वृत्त ठिमी भक्तपुरमा किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीपछि महानगर प्रहरी वृत्त ठिमीले वडाध्यक्ष बोहरालाई पक्राउ गरी पठाउन जिल्ला प्रहरी कार्यालय रामेछापलाई परिपत्र गरेको थियो ।प्रहरी वृत्त ठिमीको पत्र पाएपछि अध्यक्ष बोहरालाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।