काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।राप्तगाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस् ः बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाए८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।प्रधानमन्त्री ओलीले राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।प्रधानमन्त्री ओली विहान ११ बजे देउखुरी पुग्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि केही ढिला हुन सक्ने सुरक्षा स्रोतले बतायो ।